असार, काठमाडौं ।

नयाँ चलचित्र ‘कथा काठमाडौं’को पहिलो पोष्टर सार्वजनिक गरिएको छ । संगीता श्रेष्ठले निर्देशन गरेको यो चलचित्रको सार्वजनिक पोष्टरमा चलचित्रका ६ कलाकारलाई देखाइएको छ । निर्देशक श्रेष्ठले टेलिफिल्म ‘कथा प्रेमका’ निर्देशन गरेसँगै आफुलाई भिजेसँगै निर्देशकको रुपमा समेत परिचित गराएकी थिइन् । उनले पुस्तक ‘कथामा अल्झिएका प्रेम’ समेत लेखेकी छिन् । ‘कथा काठमाडौं’को पोष्टर ज्योतिमान डंगोलले तयार पारेका हुन् ।

चलचित्रमा काठमाण्डौलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई यसमा चित्रण गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रको पात्रको लुक्स र काठमाण्डौमा भोगिने केहि घटनाक्रमको प्रतिविम्ब चित्रण गरिएको छ ।

चलचित्रको बिषयमा बोल्दै निर्देशक श्रेष्ठले टेलिफिल्ममा काम गर्दै गर्दा राम्रो प्रतिक्रिया आएपछि चलचित्रमा पनि केहि गर्नुपर्छ भन्ने लागेर चलचित्र निर्देशनमा हात हालेको बताइन् । ‘फिल्म निर्देशन गर्ने सोच बनेपछि आएको प्रःताव मध्य आफुलाई काम गर्न सहज हुने टिम चयन गरेर फिल्म निर्देशनमा आएकी हु । म अलि फरक कथा भन्न चाहन्थे , जसले गर्दा यो सब्जेक्टमा काम गरे । यसमा मैले काठमाण्डौमा रहिरहेका केहि पात्रको कथालाई चित्रण गर्ने प्रयास गरेकी छु ।’, उनले भनिन् । चलचित्रको पोष्टर बारे भने उनी यसो भन्छिन्, ‘चलचित्रको पोष्टरमा पनि हामीले क्यारेक्टरको लुक्स र लःट , लभ एण्ड लाइफ भनेका छौ ।’

आहाना फिल्मःको ब्यानरमा निर्माण भएको यो चलचित्रमा मा विजय राइको लगानी छ । चलचत्रिमा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन् । चलचित्रलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् । चलचित्रमा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । चलचित्र आउँदो असोज १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।