‘अनुराग’को चार अफिसियल पोस्टर सार्वजनिक

...

<pre><b>असार, काठमाडौ । </b></pre><p style="text-align: justify; ">चलचित्र&nbsp; ‘अनुराग’ को चार अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा पत्रकार ऋषि धमलाकी श्रीमति नव नायिका एलिजा र नव नायक समुन्द्र पण्डितलाई देख्न सकिन्छ । पोस्टरमा एलिजा र समुन्द्र रोमान्टिक मुडमा देखिएका छन् । <br>आगत केसी र सत्यराज चौलागाईंको पटकथा तथा संवाद रहेको चलचित्रमा&nbsp; सरोज खनाल, रुपा राना, ठिलेंन लामा,राजाराम पौडेल, शिशिर राना, विश्व बस्नेत मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । ऋषि धमला प्रस्तुतकर्ता रहेको चलचित्र सांगीतिक प्रेमकथामा आधारित छ । एलिजा गौतमको निर्माण र अभिनय रहेकोे चलचित्रको कथा किरण दाहालले लेखेका हुन् भने सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । असोज १२ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रमा भरत गौतम र गीता भेटवाल निर्माता रहेका छन भने रामकुमार केसीको छायाँकन रहेको छ ।&nbsp;</p><div style="text-align: justify;"><br></div>