सन्ध्याको आँखामा खुसीको आँशु

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नायिका सन्ध्या केसी नेपाली नायिकाहरु मध्येमा निकै नाम चलेकी भने होइनन् । उनी म्युजीक भिडियोमा धेरै देखिन्छिन् । उनले म्युजीक भिडियोमा अभिनय गर्दा कुनैपनि ग्ल्यामर दृश्य दिन इन्कार गर्छिन् अर्थात कुनै पुरुष पात्रसँग छोइदा समेत उनलाई असहज महसुज हुन्छ । उनले भन्दै आएकी थिइन् कि, ‘मलाई पुरुष मात्रसँग धेरे टच भएको सिन दिन निकै अप्ठ्यारो लाग्छ’

सन्ध्याले काम गर्दै जाँदा केहि लचकदार बन्नुपर्दो रहेछ भन्ने बुझेर एक चलचित्रका ‘बेड सिन’ दिन तयार भइन्, त्यो चलचित्र थियो ‘पण्डित बाजेको लौरी’ । निकै शासस गरेर चलचित्रमा काम गरेकी सन्ध्याको उक्त चलचित्र आज बाट प्रदर्शनमा आउँदैछ । यसैबिच बुधबार राजधानीमा यो चलचित्रमा प्रिमियर सम्पन्न भयो, प्रिमियरमा चलचित्रको कथालाई निकै मन पराइयो । साथै चलचित्रमा अभिनय गरेका कलाकारहरुको पनि खुबै तारिफ गरियो । त्यसमध्ये पनि सन्ध्याको कामलाई बिशेष प्रसंसा गरिएको थियो । चलचित्रले समाजमा ठूलो जातको सम्झने पण्डित र बदिनीको कथालाई उठान गरेको छ । नेपाली चलचित्रमा खासै उठान नभएको बिषयलाई कमेडी शैलीमा चलचित्रले उठान गरेको छ । चलचित्रमा बदिनीको भूमिका सन्ध्याले निभाएकी छिन् । प्रिमियर पश्चात सञ्चारकर्मिहरुसँग बोल्दै सन्ध्याले आफ्ना लागी बदिनीको भूमिका निकै चुनौतीपुर्ण रहेको बताइन् । ‘म्युजीक भिडियोमा कुनै केटामान्छे सँग छोइदा त मलाई निकै अप्ठ्यारो लाग्थ्यो, यो चलचित्रमा धेरे सिन बेडकै छन्, निकै गाह्रो हुँदै काम गरे, अन्ततः प्रतिफलले खुसी बनायो’, उनले भनिन् । सन्ध्या प्रिमियर सकेर बाहिर निस्किँदा खुसीका आँशु झारिरहेकी थिइन् ।

दिपक ओलीको निर्देशनमा तयार भएको यो चलचित्र फरक कथावस्तु उठान गरेकी कारण धेरैबाट राम्रो प्रतिक्रिया पायो ।  चलचित्रमा धेरैजसो दुईअर्थ लाग्ने संवाद छन् तर तिनै संम्बादलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । चलचित्र थमनकुमार भण्डारीले निर्माण गरेका हुन् । चलचित्रमा कथा, पटकथा तथा सम्वाद महेश दवाडीको छ । चलचित्रमा प्रविण खतिवडा, भोलाराज सापकोटा, बिजय बराल, सन्ध्या केसी, मरिष्का पोखरेल, प्रमोद अग्रहरि लगायतका कलाकारको मुख्य भूमिका छ ।