आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नायिका गौरी मल्ल मेकअप स्टुडियोमा देखिएकी छिन् । सानैदेखी नायिका गौरीको ठुलो फ्यानको रुपमा रहेकी गोदावरीकी विना रानामगरले सञ्चालन ल्याएको ‘चेली मेकअप स्टुडियो एन्ड ट्रेनिङ सेन्टर’ उद्घाटन गरेकी हुन् । विना बाल्यकालमा गौरी मल्लको चलचित्रको छायाँकन हेर्न गोदाबरी जान्थिन् । त्यतिबेला गौरीले बिनालाई छोरी र बिनाले गौरीलाई आमा भनेर निकै माथा गर्थे ।

यी दुई बीच २० वर्षपछि शुक्रबार भेट भयो । आफुले आमा भनेको अभिनेत्री गौरी मल्ललाई २० वर्षपछि प्रमुख अतिथि बनाएर मेकअप आर्टिस्ट बिना रानामगरले काठमाडौंको कालीमाटी चौकमा ‘चेली मेकअप स्टुडियो एन्ड ट्रेनिङ सेन्टर’ खोलेकी छिन् । उनको चेली मेकअप स्टुडियोको गौरी मल्लले शुक्रबार उद्घाटन गरिन् । बाल्यकालमा आफुलाई गौरीले छोरी भनेर सम्बोधन गर्दाको क्षण बिनाले याद गराउँदै दुबै भावुक भए ।

आहिलेको अबस्थामा घरमा मेकअप गर्न फुर्सद नहुनेलाई निकै सुविधासम्पन्न स्टुडियो खेलेर बिनाले राम्रो काम गरेको गौरीले बताईन् । आफु अब बिनाकोमा फेसियल, मेनिक्योर, पेडीक्योर लगायतको सेवा लिन आउने पनि गौरी मल्लले बताईन् ।

आफुले आमा मानेकी गौरी मल्ललाई भेटेर उहाँको हातबाट २० वर्षपछि मेकअप स्टुडियो उद्घाटन गराउन पाउँदा खुसी लागेको बिनाले बताईन् । आफ्ना स्टुडियोमा सबै प्रकारको मेकअप, नेल आर्ट, मेहन्दी आर्ट, फेसियल, व्युटी सम्बन्धि सम्पूर्ण सेवासँगै प्रशिक्षणको पनि सुविधा रहेको बिनाले जानकारी गराईन् ।