‘कथा काठमाण्डु’मा खुलेका प्रमोद–प्रियंका

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

सोह्र महिना अगाडी निर्माण घोषणा गरि बनेको चलचित्र ‘कथा काठमाण्डु’को प्रचारप्रसार अघि बढेको छ । चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समावेश ‘रातको कुरा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा इन्दिरा जोशीको स्वर छ भने शब्द र संगीत प्रदीप बास्तोलाको छ ।  गीतको भिडियोमा चलचित्रका मुख्य पात्र नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरी फिचर्ड छन् । एक क्लबको गीतमा उनीहरुको अभिनय छ । गीतले काठमाण्डुभित्र सञ्चालन हुने क्लबहरुमा हुने गतिबिधीलाई बुझाउँछ । कार्यक्रममा प्रमोद , संजोग , सन्ध्या उपस्थित थिइन् । भिडियोमा प्रियंका र प्रमोद मज्जैले खुलेका छन् । प्रियंका र प्रमोदले अहिलेसम्म चलचित्रका लागी नदिएकै दृश्य दिएको बुझिन्छ । गीतको अन्तिम दृश्यमा ‘बेड सिन’ देख्न सकिन्छ ।

कार्यक्रममा बोल्दै चलचित्रकी निर्देशक संगीता श्रेष्ठले चलचित्र निर्माण घोषणा गरेको लामो समय भएता पनि धेरै मेहनतका साथ हतार नगरी चलचित्र रिलिज गर्ने तयारी गरेको बताइन् । उनले चलचित्र पुर्णरुपमा काठमाण्डु भित्रका गतिबिधलाई समेटिएको बताइन् । ‘चलचित्रमा काठमाण्डु भित्रको कथा छ, काठमाण्डुमा रहेका र काठमाण्डुमा आफ्ना परिवार तथा साथीभाई भएकाले हेर्नैपर्ने चलचित्र हो’, संगीताले भनिन् । यस्तै सार्वजनिक गीतको बारेमा बोल्दै संगीताले चलचित्रको कथा अनुसार नै गीतलाई तयार गरेको बताइन् । ‘गीतमा देखाउनकै लागि दृश्य समावेश छैनन्, यो कथासँग जोडिएर आउने परिस्थिति हो । मलाई लाग्छ निर्देशक महिला वा पुरुष हुदैनन् , केवल निर्देशक हुन्छन्’, उनले थपिन् । संगीता कान्तिपुर टेलिभिजनमा टेलिफिल्म ‘कथा प्रेमका’ निर्देशन गर्दै आफुलाई भिजेसँगै निर्देशकको रुपमा समेत परिचित गराएकी छिन् । टेलिफिल्मको अनुभवसँगै पुस्तक ‘कथामा अल्झिएका प्रेम’ समेत लेखेकी संगीताले चलचित्रको पहिलो गीत रातको कुरा सार्वजनिक भएको छ ।  गीतमा इन्दिरा जोशीको स्वर रहेको छ  भने शब्द र संगीत प्रदीप बास्तोलाको रहेको छ ।

चलचित्रमा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा विजय राइको लगानी छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन । चलचित्रलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् । चलचित्र आउँदो असोज १२ मा प्रदर्शन हुने तयारीमा छ ।

video: