चितवन पुग्यो ‘कायरा’ टिम, प्रचारप्रसार तिब्र

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

यहि साउन १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कायरा’ टिम प्रमोशनका लागी चितवन जिल्ला पुगेको छ । गएको शनिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम सकेलगत्तै टिम चितवन पुगेको हो । टिममा चलचित्रका नायक आर्यन सिग्देल, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहका साथमा अन्य छन् ।

चितवनमा पत्रकारहरुसँग कुरागर्दै नायक आर्यनले ‘कायरा’ एक गहिरो प्रेमकथाको चलचित्र भएको बताए । उनले चलचित्रको मुख्य पँत्र मायामा असफल भए पछि  फिलिपिन्स गएको कथाबस्तुमा चलचित्र रहेको बताएका छन् । यस्तै अभिनेत्री साम्राज्ञीले चलचित्रमा मायामा ब्रेकअप पछिको कुराहरु देखाउन खोजिएको बताइन् । उनले आर्यनसँग काम गर्दा आफुले धेरै कुरा सिकेको भन्दै आर्यनको खुलेरै तारिफ गरिन ।

लक्ष्मण रिजाल निर्देशीत चलचित्रमा आर्यन र साम्राज्ञी सगै शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ ,रोजेट्टे काय पब्लो लगायतका कलाकारहरु पनि अभिनय छ ।  चलचित्रमा कोशिष क्षेत्री ,अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ ९आशिकी०को छायाँकन छ । आर्यन सिग्देल इन्टरटेनमेन्टको र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् । भने, दिनेश थापा र दिवस पराजुली सहनिर्माता हुन् ।