‘निर्जला’को ‘भाले मोटर’को कभर भिडियो प्रतियोगीता घोषणा

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

केहिदिन अघिमात्रै सार्वजनिक गरिएको चलचित्र ‘निर्जला’मा समाबेश ‘भाले मोटर’ बोलको गीतको कभर भिडियो प्रतियोगीता घोषणा गरिएको छ । राजु गिरीको निर्देशनमा प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेको निर्जलाको सो गीत मंगलबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको थियो ।

गीतको कभर भिडियो भदौ दोस्रो सातासम्म साइराम पिक्चर्सको इमेलमा पठाउनु पर्ने प्रावधान राखिएको छ । निर्माता प्रकाशचन्द्रले प्राप्त भिडियोहरु मध्ये प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँ र दोश्रो हुनेलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिएका छन् । कभर भिडियोका बिजेतलाई आफूले निर्माण गर्ने नयाँ चलचित्रमा उचित भूमिका पनि दिइने निर्माता प्रकाशचन्द्रले बताएका छन् ।

साइराम पिक्चर्सको युट्युवमार्फत बिहीबार दर्शकमाझ ल्याइएको भिडियोमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्माले डान्स गरेका छन् । भाले मोटर सलिलसुन्दर तुलाधर र सवनम आचार्यले गाएका हुन् । बाबुल गिरीको शब्द र संगीत रहेको गीतको कोरियोग्राफी क्रान्ति केसीले गरेका छन् । गाउँले परिबेशको कथामा निर्माण गरिएको निर्जलामा किशार, शुभेच्छा, निकका साथमा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, वाले तामाङ, तिलक कोइराला, अन्जली घिसिङ, प्रेम पौडेल र बालकलाकार काजल गिरीले अभिनय गरेका छन् । चलचित्र असोज १९ गतेबाट प्रदर्शनमा आउदैछ ।