
<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आउँदो असोज १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘छिरिङ’को पहिलो गीत सार्वजनिक गरिएको छ । निमा रुम्बा र यशकुमारको मुख्य भूमिका रहेको यो चलचित्रको ‘तिमीले त मायाँमा…’बोलको सार्वजनिक गीतमा यशकुमारकै संगीत, शब्द र स्वर रहेको गीतमा विन्दु परियारको पनि स्वर छ । गीतको भिडियोमा निमा रुम्बा र नवनायिका कामना भुजेल फिचर्ड छन् । हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप, स्याउबारी, सांग्रिला र हरियालीलाई दृश्य देख्न सकिन्छ । </p><p style="text-align: justify; ">कागबेनी रिलिजको एक दशक पछि गायकसमेत रहेका निमा रुम्बाको कमब्याक भएको छ । दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध चलचित्रको मुख्य कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गरेको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई यशकुमारले निर्देशन गर्दैछन् । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यश र याम थापासँग मिलेर लेखेका हुन् । </p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/igkHWNLQLlI" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>