गायक निराजन कँडेल र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको आधुनिक गीत ‘बिस्तारै बिस्तारै’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा सागर थापा र स्वाती श्रेष्ठको अभिनय रहेको छ ।
प्रमोद कोईरालाको शब्द तथा संगीत रहेको गीतको भिडियोले बालापान देखि नै प्रेमलाई दर्शाएको छ । बाल्यकालमा अनायासै टाढिएको प्रेम किशोरावस्थामा पुनः प्राप्त हुनु नै भिडियोको मूख्य कथा रहेको छ । गीतले प्रेमी–प्रेमीका एक आपसमा गहिरो प्रेममा रहेको भान दिन्छ । भिडियोको निर्देशन गणेश शाहीले गरेका छन्, जसले दर्जनौँ नेपाली चलचित्रमा सह–निर्देशनको भूमिका सम्हालिसकेका छन् । आफुले चलचित्रबाट सिकेको ज्ञानलाई भिडियोमा उतार्ने कोशिस गरेको बताए ।
गायक निराजन कँडेलले आफ्ना सबै गीतहरुमध्ये बढि आशा गरेको गीत ‘बिस्तारै बिस्तारै’ रहेको बताए । गायिका प्रविशा अधिकारीले आफुले यो गीतलाई आँफैले मात्रै पनि गाएको र त्यो पछि आउने बताईन् । आफुलाई अत्याधिक मन परेपछि आफ्नै मात्र स्वरमा रेकर्ड गर्ने इच्छा जागेको अधिकारीले बताईन् । भिडियोमा फराज अर्पणको छायांकन तथा सम्पादन रहेको छ । भने ड्रोन अपरेटर प्रविन राई हुन् । निरा कँडेल, जानकी देवी कँडेल र जोफ्रे मिरेन्जी निर्माता रहेको भिडियोमा बाल कलाकारको रुपमा शाश्वत र अनुश्रेया छन् भने राजेश बिशुराल र स्विक्षा राज बिशुरालको पनि अभिनय रहेको छ ।
(भिडियो)