गायक पुस्कल शर्माको आज जन्मदिन, दशैं गीत ल्याउँदै

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित र लोकप्रिय गायक पुस्कल शर्माले आज आफ्नो जन्मदिन मनाएका छन् । बिहानै पशुपति मन्दिरमा पुगेर पुजा गरेर जन्मदिन मनाएका पुस्कलले आजै आफ्नो दशैं बिशेष गीत सार्वजनिक गर्ने तयारीमा छन् । कतिबर्ष पुग्नु भो ? भन्ने आर्टिष्ट खबरको प्रश्नमा यतिनै बर्ष पुगेँ नभनेपनि ३० बर्ष पार गरेको जानकारी दिए ।

पुस्कलले यहि वडा दशैंको अवसरमा एक मार्मिक गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । ‘जन्मदिनको अवसर पारेर मेरा सम्पुर्ण शुभचिन्तकहरुका लागी दशैं बिशेष कोसेली सार्वजनिक गर्दैछु’ पुस्कलले भने । आज (मंगलबार) दिउँसो ३ बजेबाट युट्युवमा सार्वजनिक गरिने उक्त गीत बैदेशीक रोजगराीमा गएका छोरा र नेपालमै रहेकी आमाबिचको मायाप्रेमको कथामा आधारीत छ । ‘गीत निकै मार्मिक बनेको छ, जस्तोसुकै कठोर मन छ भन्नेहरुका लागी पनि गीतका बिचबिचका सम्वाद सुन्दा एकपटक भावुक बनाउँछ’, पुस्कलले गीतबारे भने ।

गीतमा पुस्कलसँगै देवी घर्तिको स्वर रहेको छ । गीतमा लय, शब्द, संगीत पुस्कल आफैले भरेका छन् भने भिडियोको निर्देशन पनि उनैले गरेका हुन् । भिडियोमा पुस्कलसँगै मोडल सारिका केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

video interview: