आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

यहि आउँदो कार्तिक १६ गते ‘सिटिएफ फ्रेसर फेसन नाईट’ फेसन सो हुने भएको छ । सिटिएफ नेपाल द्वारा आयोजना गर्न लागेको यस फेशन सोका लागी यहि असोज २० गते शनिबार सिटिएफ नेपालको कार्यालय बागबजारमा अडिशन हुने बताइएको छ । दशैँ र तिहार पर्वको बिचमा आयोजना हुन गहिरहेको यो फेशन सोमा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा ¥याम्पमा मोडलहरुलाई उतार्न लागिएको आयोजकले बताएको छ ।

फ्रेश मोडलहरुलाई लिएर गर्न लागिएको यस फेसन सोमा फ्री ट्रेनीङको साथमा प्रतियोगीहरुले गिफ्ट ह्याम्पर्स, फोटो सुट चलचित्र, म्युजिक भिडियोहरुमा समेत अभिनय गर्ने मौका पाउने छन् । एलिशा अग्रवालको संयोजन र नबिन न्यौपानेको कोरियोग्राफीमा गर्न लागेको उक्त फेशन शोमा १६ बर्ष देखी २२ बर्ष सम्मका युवा युवती मोडलहरुले अडिसनमा सहभागी जनाउन सक्ने छन् भने अडिसन बाट छानिएका मोडलहरुलाई फ्री ट्रेनीङ तथा मिडिया एक्स्पोज गरिने बताइएको छ ।