पोस्टरमा प्रदिप र जसिताको ‘लभ स्टेशन’

आर्टिष्ट खबर, असोज, काठमाडौं ।

युवा स्टार प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ को फस्ट लुक्स सार्वजनिक गरिएको छ । पोस्टरमार्फत प्रदीप र जसितालाई लिएर चलचित्रको फस्ट लुक्स सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा प्रदिपको हातमा गितार देख्न सकिन्छ भने जसिताको हातमा मोबाइल र ड्रिङस देख्न सकिन्छ । रोमान्टिक माहोल देखिएको पोस्टरबाट प्रदिपले चलचित्रमा गायकको भूमिकामा निभाउने छन् भन्ने अनुमान गर्न सकिन्छ ।

उज्जवल घिमिरे निर्देशित ‘लभ स्टेशन’ हाल दार्जिलिङमा छायांकन भइरहेको छ । दार्जिलिङको सुन्दर दृश्यले चलचित्र अझ राम्रो बन्ने निर्देशक घिमिरेको भनाई छ । चलचित्रको ५० प्रतिशत छायांकन सकिएको छ । यसअघि चलचित्र ‘लिलिबिली’मा जोडीको रुपमा देखिएका प्रदीप र जसिताले ‘लभ स्टेशन’मा पनि जोडी बाँधेका छन् । चलचित्रमा प्रदिप र जसिताको मुख्य भूमिका रहेको छ ।

काफिया फिल्म्स्को व्यानरमा ‘लभ स्टेशन’ लाई काफिया शाही र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । चलचित्रमा आलोक शुक्लाको छायाँकन, रहेको छ भने शम्भुजित बाँसकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको छ । फागुनमा प्रर्दशनमा आउने चलचित्रमा प्रदिप र जसिताको अलवा प्रकाश शाह, रमेश बुढाथोकी, बिनोद कुमार पौड्याल, रेशु भट्टराई, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, कालु राना लगायत दिनेश काफ्लको अभिनय रहेको छ ।