आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

देव कुमार श्रेष्ठले निर्देशन गरेको चलचित्र ’दि कर्मा’को प्रर्दशन मिति सरेको छ । मंसिर ७ गते प्रर्दशन मिति तोकिएको चलचित्र सरेर माघ ४ गते प्रदर्शनमा आउने निर्माण टिमले बताएका छन् । प्राविधिक कारणले गर्दा चलचित्रको प्रर्दशन मिति सरेको निर्माता जयराज रायले जानकारी दिएका छन् ।

जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’मा नेपाली र भारतिय कलाकारको अभिनय रहेको छ । बताइएअनुसार चलचित्र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको छ । रामेश्वर कार्कीले खिचेको चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा गरिएको छ ।

चलचित्रमा नायिका निता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित, लगायत भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको छ । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको ‘दि कर्मा’ को कथा निर्माता जयराज राय आफैले लेखेका हुन् ।