आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

गीतकार डा.डि.आर उपाध्याय ‘प्रतिनाद सांगीतिक साँझ २०७५’ मार्फत एकल गाएनका साथ गुञ्जिने भएका छन् । यहि मंसिर ९ गते आइतबार काठमाडौँको राष्ट्रिय नाँचघरमा हुने उक्त कार्यक्रममा अन्य विभिन्न गायक तथा गायिकाहरुले पनि प्रस्तुती दिनेछन् ।

संगीतकार राजु सिंहको संयोजनमा हुने उक्त कार्यक्रममा लोकप्रिय बाध्यबाधकहरुको बेजोड प्रस्तुति समेत रहनेछ । साथै कार्यक्रममा राष्ट्रकबि माधव प्रसाद घिमिरेलाई रु ५१ हजार नगद सहित अभिनन्दन पनि गरिने भएको छ । अभिनन्दनको साथमा डि.आरका सात साँगीतिक कृति र एउटा उपन्यास पनि लोकार्पण हुनेछन् ।

एल्बमहरुमा बुलु मुकारुंग, सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘शरद’ को संगीत रहेको छ भने चर्चित गायक गायिकाहरुको स्वर समेटिएको छ । कार्यक्रम ग्ल्यामर प्लस प्रोडक्सन एण्ड मिडिया हाउस प्रा .लि तथा डि. आर. म्युजिक एण्ड ट्रेडिङको आयोजनामा हुन लागेको हो ।