विपिन कार्की दुर्घटनामा

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

अभिनेता विपिन कार्की चलचत्रि ‘जात्रै जात्रा’को सुटिङको क्रममा घाइते भएका छन् । चलचित्रका मुख्य कलाकार रहेका विपिन कार्की छायांकन स्थलमा जाने क्रममा काठमाडौंको कालिमाटीमा दुर्घटनामा परी घाइते भएका हुन् । कलंकीमा विपिन चढेको मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । विपिनका अनुसार रोकिराखेको आफ्नो मोटरसाइकललाई तिब्र गतीमा आएको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । उक्त मोटरसाइकलले छेउमै रहेको अर्को कारलाई पनि ठक्कर दिएको बताए । दुर्घटनापनि विपिनको एक्सरेपछि खुट्टा भाँचिएको देखिएपछि अप्रेशन गरिएको छ । उनको बल्खुमा रहेको बयोधा अस्पतालमा खुट्टाको अप्रेशन भएको हो । उनी अब केहि साता आरामका लागी बस्नेछन् ।

यता चलचित्र युनिट पनि केहि तनाबमा देखिएको छ । मुख्य कलाकार घाइते भएसँगै सुटिङमा आउन नसक्ने भएपछि सुटिङ लम्बिने देखिएको छ । चलचित्रको छायांकन असन, इन्द्रचोक र बौद्धमा भैरहेको थियो । प्रदीप भट्टराई निर्देशीत ‘जात्रै जात्रा’को निर्माता रविन्द्र सिंह बाँनिया हुन् ।  चलचित्रमा रविन्द्र झा, रविन्द्र सिंह बाँनिया, बर्षा राउत र दयाहाङ राई मुख्य भूमिकामा छन् । चलचित्र आउँदो फागुनको १७ गतेबाट प्रदर्शन हुने तयारीमा छ ।