
<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मंसिर, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">सामाजिक सञ्जाल भाइबरबाट पनि नेपाली चलचित्रको प्रचार गर्न थालिएको छ । नेपाली चलचित्र ‘न यता न उता’को स्टिकर भाइबरमा राखिएको छ । यही मंसिर २० गतेदेखि भाइबरमा उक्त स्टिकर प्याक उपलब्ध भएको छ । भाइबरले नेपाली फिल्मको स्टिकर पहिलोपटक प्रस्तुत गरेको निर्माण टिमको दाबी गरेको छ । </p><p style="text-align: justify; ">स्टिकर प्याक डाउनलोड गरेर फिल्मको समूहमा आबद्ध भएसँगै कलाकारहरूसँग च्याट गर्ने मौका प्राप्त गर्ने निर्माण टिमले जनाएको छ । साथै स्टिकर प्रयोगकर्ताले कलाकारहरूसँग प्रमोसन र डिनरमा सहभागी हुन पाउने बताइएको छ । </p><p style="text-align: justify; ">चलचित्रमा ऋचा शर्मा, समिर दीक्षित, छुल्ठिम गुरुङ, मिराज रोश, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, कमलमणि नेपाली, जयनन्द लक्ष्मी, लुनिभा तुलाधरलगायतको अभिनय छ । मिराज रोश निर्देशन यो चलचित्र आउँदो माघ २५ गतेदेखि प्रदर्शनमा आउँदै छ । </p>