आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चलचित्र ‘सयकडा दश’को औपचारिक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका सबै कलाकारहरुलाई स्थान दिईएको छ । चलचित्रले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको दृश्य चर्चा गर्ने निर्देशक रामशरण पाठकले बताएका छन् । चर्चित कमेडियन तथा अभिनेता मनोज गजुरेलको डेब्यु चलचित्र ‘सयकडा दश’मा गजुरेलको अलवा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक पाठक स्वयमले लेखेका हुन् ।

दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण गरेको चलचित्रमा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय,संजीव न्यौपाने निर्माताको रुपमा रहेका छन् । बताइए अनुसार निर्माणका लागि दर्शन नेपालले डीआर म्युजिक एन्ड ट्रेडिङसँग सहकार्य गरेको छ । माघ १८ गते देशव्पायी रुपमा प्रदर्शन हुने चलचित्रले अंग्रेजी नयाँवर्ष २०१९ मौकामा थाइल्यान्ड र म्यानमारदेखि प्रदर्शन गरिने बताइएको छ ।