‘गोपी’ टिम प्रमोशनमा तिब्र, प्रमोशनको नयाँ शैलीमा कविता प्रतियोगीता घोषणा

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

आउँदो माघ १८ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘गोपी’ टिम प्रमोशनमा तिब्र अगाडी बढिरहेको छ । चलचित्रको गीत तथा ट्रेलर सार्वजनिक भइसकेपछि सकारात्मक प्रतिक्रियाहरु बटुलिरहेको यो चलचित्र टिमले प्रमोशनको नयाँ शैलीको रुपमा कविता प्रतियोगीता आह्वान गरेको छ ।

आरोही इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बनेको ‘गोपी’का लागी कम्पनीले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ । प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीहरुले भाग लिन पाउनेछन् । उमेरको कुनै हदबन्दी छैन । सहभागीले गोपी फिल्मको ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ ।

सहभागीहरुबाट प्राप्त कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन् । आगामी माघ ७ सम्म प्राप्त कवितालाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ । कविता नेपाली भाषा लेखिएको हुनुपर्नेछ । माघको दोस्रो हप्ता विजेतालाई पुरस्कृत गर्नेछ । कविता नेपाली भाषामा र नेपालमै बसेर श्रम गर्न कविताले प्रेरित गर्नुपर्ने नियम रहेको निर्माण टिमले जनाएको छ । यस्तै कविताको शीर्षक सहभागीले नै राख्नुपर्ने, कविता पद्यात्मक र गद्यात्मक दुवै स्विकार्य हुने, लम्बाईमा कुनै हदबन्दी नहुने जस्तो नियमहरु रहेका छन् । कविता नेपाली मुभि गोपी नामको जिमेलमा पठाउनुपर्नेछ ।

स्वावलम्बन र स्वरोजगारसम्बन्धी साहित्यप्रेमीहरुमा कस्तो खालको धारणा रहेको छ, त्यो जान्न पनि यो प्रतियोगिता सहयोगी हुने निर्देशक दीपेन्द्र लामाको भनाई छ । सामिप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् । फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतले अभिनय गरेका छन् ।