रणवीरसँग रमाउँछु तर कट्रिनाले जस्तो गल्ति गर्दिन् : आलिया भट्ट

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेत्री आलिया भट्ट हाल रणवीर कपुरको प्रेममा मग्न छिन् । यो बर्ष आलिया र रणवीरको प्रेमसम्बन्धलाई लिएर बलिउडमा निकै चर्चा परिचर्चा चलिरहयो ।

सन् २००८ मा प्रर्दशनमा आएको चलचित्र 'बच्ना ए हसिनो'मा रणवीर कपूर र  दिपिका पादुकोणले एकसाथ स्क्रिन सेयर गरे । त्यसै दौरानामा यी दुईबीच अफियर सुरु भएको थियो । रणवीर र दिपिका झन्डै एक बर्ष प्रेम सम्बन्धमा रहे । एक प्रेस मिटमा दिपिकाले आफै रणवीरलाई कट्रिना कैफसँग परिचय गराइन् र आफ्नो प्रेमी भन्दै चिनाईन् । तर सन् २००९मा प्रर्दशनमा आएको चलचित्र 'अजब प्रेम कि गजब कहानी'को शूुटिंगमै रणवीर कट्रिना सँग लिप्त भए । त्यही बेलादेखिनै  दिपिका सँगको सम्बन्ध टुटाउदै रणवीर कट्रिनासँग प्रेममा मग्न हुन पुगे । यता दिपिका भने भारतीय रिपोर्टसले बताए अनुसार डिप्रेसनले ग्रसित हुन पुगिन् । अन्तत सबैमा जानकारी छ भर्खरै उनी रणवीर सिंह सँग बिवाह बन्धनमा बाँधिसकेकी छिन् ।

तर कैट र रणवीरको सम्बन्ध पनि धेरै टिकेन । रणवीरकी आमा नितु कपुरले  कट्रिना कैफलाई बुहारीको रुपमा स्वीकार गर्न नचाहेको भारतीय रिपोर्टसले जानकारी दिएका थिए । कट्रिनाले एक कार्यक्रममा रणवीरको परिवारसँग फोटो खिचाएकी थिइन् । उक्त फोटो बाट कट्रिनालाई क्रोप गरि हटाएर नतु कपुरले उक्त फोटो सामाजिक सन्जालमा पोस्ट गरिन् । यसरी रणवीरसँग प्रेममा रमाएकी कट्रिनाले करिअरलाई नै विर्सिएकी थिइन् । जसलेगर्दा, आज रणवीरसँगको ब्रेकअपपछि करिअरको सोही बाटोमा फर्किन कट्रिनालाई मुश्किल परिरहेको छ ।

कट्रिना कैफसँग पनि ब्रेकअप भएपछि अभिनेत्री आलिया भट्टसँग जोडिन पुगेका रणवीर खुशी छन् । यो प्रेमसम्बन्धलाई लिएर दुबैका परिवार खुशी छन् । आलिया र रणवीर धेरै भन्दा धेरै समय एकसाथ बिताउन चाहान्छन् । तर आलिया भट्ट भने रणवीरसँग प्रेममा रमाएपनि कट्रिना कैफले जस्तो गल्ती नगर्ने बताएकी छिन् । आलिया आफ्नो करिअरलाई असर नपरोस् भन्नेमा उनी सजग छिन् । चलचित्र ‘राजी’बाट चर्चामा आएकी आलियाको नयाँ बर्षमा प्रोजेक्टको अभाव छैन । हाल यो जोडी चलचित्र ‘ब्रम्हास्त्र’मा काम गरिरहेकी छिन् । यसपछि आलियाले चलचित्र ‘कलंक, तक्त, गुल्ली ब्वाई’मा काम गर्दैछिन् ।