आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

छहरा साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार टोखा क्षेत्रमा खुला कवि गोष्ठी सम्पन्न भएको छ । ‘द ह्वाइट माउन्टेन’ स्कूलमा आयोजित सो कवि गोष्ठीमा २४ जना कविले आ–आफ्ना रचना वाचन गरे ।

छहरा साहित्य प्रतिष्ठानका अध्यक्ष योगेन्द्र तिमिल्सिनाको सभापतित्व तथा साहित्यकार रामबाबु सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कवि गोष्ठीमा कवि पुष्कर लोहनी, बमबहादुर थापा जिताली, तोया गौतम, डा वासुदेव काफ्ले, प्रियम्वदा आचार्य, माधव विडारीलगायत कविले आआफ्ना रचना वचन गरेका थिए ।

प्रस्तुत कवितामा समसामयिक विषयवस्तु तथा राजनीतिक विकृति र विसङ्गति एवं सामाजिक तथा प्राकृतिक विषय उठान गरिएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, साहित्यानुरागी एवं बुद्धिजीवीको उल्लेखनीय सहभागिता रहेको थियो ।

रासस