आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

यहि पुस २७ अर्थात आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चौका दाउ’ लाई केन्द्रिय चलचित्र जाँच समितिले प्यारेन्स गाईडेड सर्टिफिकेट दिएको छ । अर्थात यो चलचित्र हेर्नका लागी अब १६ बर्ष मुनिका बालबालिकाहरु अभिभावकसँग जानुपर्ने छ ।

सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको यो चलचित्र पुर्णेन्दू झाले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता सौर्यजित बासकोटा र मनोज राजभण्डारी हुन् । यो चलचित्रमा दीर्घ गुरुङको छायाँकन रहेको छ भने मित्रदेब गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य निर्देशन छ ।

यस चलचित्रमा बरिष्ट संगीतकार शम्भूजित बासकोटाको संगीत रहेको छ । चलचित्रको परिकल्पनाकार, कथाकार पनि बासकोटा नै हुन् । चौका दाउमा सन्तोष पन्त, तैयव शाह वर्षा राउत, अजश्र ढुंगाना, विल्सिन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका केसी, श्याम राई, शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय छ ।

चलचित्रको प्रोडक्सन म्यानेजर सुवासराज काफ्ले हुन् भने प्रोडक्सन सुपरभाइजर नरेन्द्र खड्का रहेका छन् । पटकथा अभिमन्यू निरवीको लेखेका हुन् । चलचित्रलाई विके फिल्म्स्ले काठमाडौं र एफडीले मोफसलमा बितरण गर्ने छ ।