निर्माला पन्त हत्याको बास्तबिक कथा बोकेको ‘कोपीला’ को ईण्डक्ल्याप

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ </span><b>माघ</b>, <b>काठमाडौं । </b></pre><p>कन्चनपुरकी १३ बर्षीय बालिका निर्माला पन्तको बलात्कार पछि हत्या भएको घटनाको बास्तबीक कथालाई आधार बनाएर चलचित्र निर्माण गरिएको छ । चलचित्रको नाम हो ‘कोपीला’ । उक्त घटना भएको लगभग छ महिना बितिसक्यो । घटनाको दोषी पत्ता लगाउन नसकेको भन्दै सुरक्षा निकाए र सरकारको आलोचना ब्यपाक भईरहेको छ । हत्या काण्डले दिनप्रतिदिन नयाँ मोड लिईरहेको समाचारहरु संचारमाध्यामहरुमा आईरहेका छन्। यसै घटनाको बास्तबीक कथामा आधारीत भएर चलचित्र कोपिला निर्माण गरिएको हो ।<img src="http://artistkhabar.com/uploads/posts/5ae3d69cb93f9c94a64d967bc5fb7e4a1547529856.jpg" style="width: 1035px;"><br></p><p>कोपीला’को करीब एक महिनाको अबधीमा सोमबार छाँयाकन सम्पन्न भएको छ । यो चलचित्रलाई शिभम अधिकारीले लेखन एबम निर्देशन गरेका हुन । सोमबार चित्तवनमा चलचित्रको ईन्डक्ल्याप गर्दै छायाँकन सम्पन्न भएको निर्देशक अधिकारीले बताएकाछन् । करीब ८० लाख रुपैयाको लागतमा निर्माण भएको यो चलचित्रले स्व:पन्तको बलात्कार र हत्या पछि सिर्जित सामाजिक स्थिति र हाल सम्मको अवस्थामा आईपुग्दा सम्मको चित्रण समेटीएको निर्देशक अधिकारीले बताए । <img src="http://artistkhabar.com/uploads/posts/89c30d3e5d2be4543611b13d09cd7df41547530004.jpg" style="width: 1035px;">चलचित्रको प्रमुख पात्र निर्माला अर्थात ‘कोपीला’को भुमिकामा संजीवनी खरेल लाई फिर्चड गरिएको छ । ‘कोपीला’मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थिति समाबेश गरिएको छ ।&nbsp;</p>