आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

गायक अनिल सिंह सांगीतिक क्षेत्रसँगै सामाजिक कार्यमा पनि अग्रसर छन् । अष्टेलियामा उत्पादन भएको नेचर्स वे ब्राण्डको प्रवद्धनात्मक दूतको रुपमा नियुक्त भएसंगै गायक सिंह ती उत्पादनको प्रवद्र्धनमा खटिएका छन् ।

काठमाडौंका लाजिम्पाटस्थित सिसम वल्र्ड मन्टेश्वरीमा आयोजित हेल्थ क्याम्पमा गायक सिंह नेचर्स वेका पाँच वटा बाल मैत्री उत्पादनसहित प्रस्तुत भए । बालबालिकाको स्वास्थका लागि उपयोगी ती पाँच वटा ब्राण्डलाई नेपालको प्रतिष्ठित डाक्टर साथी फार्मेसीले नेपाल भित्राएको हो । बुधवार काठमाडौंमा आयोजित हेल्थ क्याम्पमा गायक सिंह सहित डाक्टर साथीका सन्तोष बर्तौलाले मन्टेश्वरीका बालबालिकामाझ ती उत्पादनहरु प्रदर्शन गरे । त्यसक्रममा गायक सिंहले बालबालिकाहरुलाई विभिन्न उपहारहरु समेत प्रदान गरे ।

कार्यक्रममा नेपाल भित्राइएका नेचर वेका उत्पादनहरु प्रोबायोटिक ड्रप्स, किड्स स्मार्ट बर्सलेट्स ओमेगा–३ फिस ओयल फ्रुटी, क्याल्सियम प्लस भिटामिन डिथ्री, भिटा गमिज आदि उत्पादनहरु छन् । यी उत्पादनहरु अष्टे«लियाका बालबालिकाहरुमाझ अत्यन्त लोकप्रिय छन् ।

अष्टे«लियाको गुणस्तरीय उत्पादन नेपाली बालबालिकाहरुले पनि प्रयोग गर्न पाउनु पर्छ भन्ने उदेश्यले आफू यो उत्पादनको प्रवद्धनमा सक्रिय भएको गायक सिंहले स्पष्ट पारेका छन् । डाक्टर साथीका बर्तौलाका अनुसार ती उत्पादनहरु अनलाइन सपिङमार्फत प्राप्त गर्न सकिनेछ ।