आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र ‘गोपी’ को सोमबार बिशेष शो सम्पन्न गरिएको छ । केहि राजनैतिक ब्यक्तिहरु,सरकारी उच्च ओहोदामा रहेका व्यक्तिहरु, व्यापारीहरुसंगै विभिन्न कलाकारहरुलाई चलचित्र देखाइएको थियो । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । चलचित्रमा गाई पालक कृषक ’गोपी’को कथा समेटिएको छ । चलचित्र हेरेर निस्किएका धेरैजसोले आफूहरु पनि गोपी भएको बताएका थिए । चलचित्र हेर्न थुप्रै हाँस्य कलाकारहरु पनि पुगेका थिए । बिशेषगरी लामो समयदेखी हाँस्यप्रधान चलचित्रमा काम गर्दै आएका चलचित्र, निर्देशक तथा निर्माताहरुले पनि चलचित्र गोपी मनपरेको प्रतिक्रिया दिएका थिए ।

चलचित्र हेर्न ‘छक्का पञ्जा’ टिम पनि पुुगेको थियो । निर्माता तथा कलाकार दीपकराज गिरीले भने किसानहरुले गौरव गर्न लायक चलचित्र बनेको बताए । ‘हामी सबैको जिउमा त्यही चलचित्रमा देखाईए जस्तै गोबर गानाउँछ । हामी पनि त्यही पृष्टभुमीबाट आएका थियौँ । होला फरक कर्ममा छौँ, तर हामी सबै गोपी हौँ’, दीपकराजले भने ।

कलाकार जितु नेपालले नेपाल सरकार कृषी मन्त्रालयले निर्माण गर्नु पर्ने स्तरको चलचित्र निजी क्षेत्रबाट निर्माण भएको र यसलाई कृषी मन्त्रालयले अन्तर्गत विशेष चलचित्र घोषणा गर्नु पर्ने बताए । संगीतकार अर्जुन पोखरेलले चलचित्र हेरिसकेपछि आफ्नो प्रतिकृया दिँदै चलचित्रले बोकेको स्वरोजगार र नेपाल मै केही गर्न सकिन्छ भन्ने संदेशले आफ्नो मन छोएको बताए । संगीत कर्ममा लागेको आफुले संगीत पालन गरेको र आफु संगीतको गोपी रहेको उनले बताए ।

चलचित्रका बारेमा बोल्दै नेता योगेश भट्टराईले नेपाली मौलिक कथा बोकेको चलचित्र हेर्न पाएकोमा खुसी ब्यक्त गरेका थिए । उनले भने, ‘राजनीती गर्ने व्यक्तिहरुलाई समेत फिल्मले प्रेरित गर्छ । जुन साहस बोकेर यो फिल्म निर्माण भएको छ त्यसको कदर गर्नुपर्छ’ । नेपाल कृषी प्रधान देश भएकाले पनि नेपालमा यस किसिमको फिल्म निर्माण हुनु गौरवको कुरा रहेको बताएका थिए । सरकारी तवरबाट फिल्मको लागि केही गर्न सकिने धारणा उनको थियो ।

त्यस्तै पुर्व संचार मन्त्री मोहन बस्नेत र नेत्री नविना लामाले पनि आर्थिक रुपमा सवल बन्नका लागी विदेश नै धाउनु पर्छ भन्ने सोच बोकेका युवाहरुका लागि गोपी एउटा राम्रो संदेश बन्न सक्ने विश्वास उनीहरुले राखे ।