आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र 'मेरो आफ्नो’को पुरै छायांकन सम्पन्न भएको छ। चलचित्रका निर्देशक राजु अधिकारीले छायांकन शरु गरिएको ३५ दिनमा छायांकन सकिएको बताएका छन्। प्रेमकथामा आधारित यस चलचित्रमा सुजता थापा, केवलजंग कुँवर, सुन्दर श्रेष्ठ, रुपा राना, नरेश पौडेल, शंकर आचार्य र रिया श्रेष्ठ, को प्रमुख भूमिका रहेको छ। ओम साइभक्त मिडिया प्रा.ली.को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता श्रीराम बराल हुन् ।

मौनता श्रेष्ठको कथा लेखन रहेको यस चलचित्रमा रामजी लामिछाने, कमल राई र किरणको कोरियोग्राफी रहेको छ । निलु केसी, धिरज कुमार श्रेष्ठ र बसन्त शर्माको संयुक्त लगानी रहेको चलचित्र मन्दिल श्रेष्ठले सम्पादन गर्नेछन्। हिमाल केसीको द्धन्द, तारा प्रकाश लिम्बु र बिकास चौधरीको संगीत रहेको चलचित्रमा रामकृष्ण बजिमया कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रमा पवन गौतमको छायांकन छ । केवलजंग कुँवर र सुजता थापाको प्रेममा आउने दरारलाई बिषेश फोकस गरिएको चलचित्रको निर्माण टिमले केही दिनमा प्रदर्शन मिति तोक्ने बताएका छन्। चलचित्रका निर्देशक राजुले चलचित्र निकै राम्रो बनेको र चलचित्रले दर्शक हलसम्म तान्ने दाबी गरेका छन्।