एक्लै प्रर्दशनमा उत्रियो ’जाइरा’, कस्तो गर्ला ब्यापार?

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

आज शुक्रबार अर्थात भदौ ६ गतेबाट चलचित्र ’जाइरा’ रिलिज भएको छ । चलचित्रले सोलो रिलिजको अवसर पाएको छ । यो चलचित्रसँग अन्य कुनै नेपाली चलचित्र भिडेको छैन। सोलो रिलिज पाउँदा चलचित्रले केही हदसम्म राम्रो व्यापार गर्न सक्छ। नेपाली चलचित्रसँगै आज बलिउड चलचित्र पनि रिलिज भएका छैनन् । लामो समयदेखि खस्किदै गएको नेपाली चलचित्र बजारमा हाल एक भरोसा ‘जाइरा’ले राखेको छ। बक्सअफिस रित्तिदै गएको अवस्थामा ‘जाइरा’ निर्माण टीमले ‘जाइरा’माथि दह्रो भरोसा  राखेको छ। यस चलचित्रले बक्सअफिसमा राम्राो व्यापार गर्ने आश गरिएको छ। एक्सन जनरामा निर्माण भएको चलचित्र ‘जाइरा’मा अभिनेत्री नम्रता श्रेष्ठको दमदार एक्सनसँगै बिभिन्न लुक्समा देख्न सकिन्छ।

चलचित्रमा उनले प्रेमीको मुत्युको बदला चुकाउन मार्सल कला र लडाईको अभ्यास गरेकी छिन्। उनी चलचित्रमा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा देखिएकी छिन् । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’ पछि उनी  ‘जाइरा’मा एक्सन अवतारमा देखिन लागेकी हुन् ।

नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा।लि।को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा आशुतोषराज श्रेष्ठको निर्देशन रहेको छ। निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा रहेको चलचित्रमा कटामरी फिल्म्सको सहकार्य रहेको छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, राउल मोक्तान र मेघवार चेम्जोङको द्वन्द्व रहेको छ। त्यसैगरी कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत र सम्राट बस्नेतको द्वन्द्व निर्देशन र केशव थापाको नृत्य निर्देशन रहेको यस चलचित्रकालागि नम्रताले आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बढाएकी थिइन् भने आफ्नो कपाल छोटो बनाएर काटेकी थिइन्।चलचित्रमा नम्रतासँगै श्रृजना रेग्मी, प्रमोद अग्रहरी,अनुप बिक्रम शाही, रेमनदास श्रेष्ठ सहित नव(कलाकारहरु सुजता श्रेष्ठ र सम्राट मगरको प्रमुख अभिनय रहेको छ ।