दबंग ३ लाई नेपालमा अहिलेसम्मकै धेरै शोज

मुम्बई (एजेन्सी) ।

अहिले पछिल्लो महिना नेपालमा ठूला ब्यानरका चलचित्र प्रदर्शनमा आएका छैनन् । चिसो मौसमका कारण हलमा दर्शकको संख्या कम हुने डरले चलचित्रहरु पछि हटेका हुन् । यो समयमा बिदेशी फिल्मले थोरै भएपनि नेपाली दर्शक तानिरहेका छन् ।

यहि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको बलिउड चलचित्र ‘दबंग ३’ले यसपटक पुर्ण फाइदा लिने भएको छ । कुनै पनि नेपाली चलचित्र हलमा नभएकाले सबै दर्शक आफूमा केन्द्रित गर्ने भएको हो । अभिनेता सलमान खान अभिनित ‘दबंग ३’ले देशभरका सिंगल तथा मल्टिप्लेक्स गरी जम्मा सय बढी शोज पाएको छ । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स ‘क्यूएफएक्स’ले ‘दबंग ३’लाई अहिलेसम्मकै सर्वाधिक शोज दिएको छ । देशभरका १२ वटा हलमा ८८ शोज दिइएको छ । यो कुनै, चलचित्रलाई क्यूएफएक्सले दिएको अहिलेसम्मकै उच्च शोज हो ।

प्रभु देवाको निर्देशनमा तयार भएको यो चलचित्रमा सलमान खान, सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका छ ।