आजदेखी हलमा थपिए जलाकी र ‘हिमालयन गोल्ड

...

काठमाडौं । आज (शुक्रबार)देखि नेपालीहलमा दुई नेपाली फिल्म थपिएका छन् । ‘जलाकी’ र ‘हिमालयन गोल्ड’ प्रदर्शनमा आएसँगै ८ वटा नेपाली फिल्म हलमा प्रदर्शनरत छन् ।

अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’मा प्रेम, परिवारिक स्नेह, आप्रवासीको मुद्दा लगायतका विषयवस्तुलाई प्रस्तुत गरिएको छ । यसमा सोनम तोप्देन, उपासनासिंह ठकुरी लगायतको शीर्ष भूमिका छ ।

१७० मिनेट रनटाइमको यो फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र पाएको छ । यसको अर्थ, जुनसुकै उमेर समूहका दर्शकले यो फिल्म हेर्न पाउनेछन् ।

शुक्रबारदेखि नै धीरज राजवंशी निर्देशित फिल्म ‘हिमालयन गोल्ड’ पनि प्रदर्शनमा आएको छ । यो फिल्ममा परीक्षा लिम्बु, सुनिल थापा, कार्म, मेनुका प्रधान लगायतको शीर्ष भूमिका छ । थ्रीलर जनरामा राखिएको यो फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट एडल्ट प्रमाणपत्र पाएको छ । यसको रनटाइम १३८ मिनेट छ । प्रशस्त हिंसात्मक दृश्यका कारण यसलाई १६ वर्ष मुनिका दर्शकले हेर्न पाउनेछैनन् ।
हलमा अन्य केहि बिदेशी फिल्म पनि प्रदर्शनरत छन् ।