‘हल्का रमाइलो’ सुटिङ सेटमै मनाइयो अनिताको जन्मदिन

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

हाँस्य टेलिसिरियल ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएकी कलाकार अनिता बस्नेतको जन्मदिन सुटिङस्थलमै मनाइएको छ । सिरियलमा ‘मास्टरनी’को भूमिका निभाउँदै आएकी अनिता अन्य टिभि सिरियल तथा म्युजीक भिडियोमा पनि अभिनय गर्ने गर्छिन् ।

‘हल्का रमाइलो’को १६ औं श्रृंखलाको सुटिङमा  अनिताको नाममा केक काटियो । सिरियलको टिमको तर्फबाट उनलाई उनकै तस्बिर भएको फोटो फ्रेमपनि उपहार दिइएको थियो । ‘मैले अहिलेसम्म यस्तो तरिकाले जन्मदिन मनाउन पाएकी थिइन, निकै खुसी लागेको छ । हल्का रमाइलो टिमलाई बिशेष आभार ।’ अनिताले भनिन् । ‘सिरियललाई दिनुभएको दर्शकको माया र मलाई दिनुभएको सकारात्मक प्रतिक्रियाले थप जिम्मेवारी बोध भएको छ ।’

सिरियलका लेखक तथा निर्देशक राजु पौडेल र मरिचमान श्रेष्ठले छोटो समयमै दर्शकले सिरियललाई दिएको मायाले अझ काम गर्ने जोश बढेको बताए । साथै कलाकार अनिताको उत्कृष्ट कामलाई प्रसंशा गरे । जन्मदिनको अवसरमा अनिताले सिरियलका सबै कलाकारलाई केक खुवाएकी थिइन् ।

Video: