चलचित्र र म्युजिक भिडियोको सौन्दर्य कलामा छबु

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

सौन्दर्य व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचकै आधारमा शान्ता ब्युटिपार्लर एवम् ट्रेडिङ सेन्टर बाद्धमा प्रशिक्षण लिए पश्चात एक दशक देखि ब्युटीशियन ब्यवसाय अंगाल्दै आइरहेकी छबु कार्की ‘वस्नेत’ पछिल्लो समय चलचित्र र म्युजिक भिडियोहरुको मेकअप म्यानको रुपमा पनि त्यतिकै सकृय छिन् । भोजपुरको मर्याङडाँडा प्याउलीमा जन्मेकी भएपनि उनि विराटनगरमा हुर्के बढेकी हुन् ।

गोग्राह मा.बि.बाट एसएलसी उत्र्तिण गरेकी छबुको त्यस पछिको अध्ययन महेन्द्र मोरङ क्यामस बिराटनगरमा भएको हो । ब्युटिसियन व्यवसायलाई अझै आकर्षक तुल्याउन दक्ष र सीपमूलक तालिम तथा प्रशिक्षण आवश्यक रहेकोले आफूमा रहेको ज्ञान र सीप आफूमामात्र सीमित नराखी अरूलाई पनि दक्ष बनाउने उद्देश्यले छबुले आफ्नै ब्यक्तिगत र केही संघ, संस्थाको सहयोगमा तालिमप्राप्त शिक्षक मार्फत र स्वयं आफैले पनि थ्री डी टेक्नोलोजीमार्फत विद्यार्थीलाई सौन्दर्य प्रशिक्षण दिदै आईरहेकी छन् । सौन्दर्य व्यवसायमा लाग्ने महिला, पुरुष सबैले यतिबेला राम्रो आयआर्जन गर्ने गरेको छबुको दाबी छ ।

सौन्दर्यविद् छबु सेवाग्राहीलाई राम्रो सेवा दिएर सन्तुष्ट पार्न सके सेवाग्राही दोहरीरहने बताउँछिन् । आफूले केही बुझ्ने, सोच्ने र कर्म गर्ने गरेदेखि नै सौन्दर्य कलासम्बन्धी व्यवसायमा रुचि राखेकोले भावी जीवन पनि यही क्षेत्रमा लगानी गर्ने, थप सिक्ने–सिकाउने र सौन्दर्य–कलाको माध्येमबाट मानिसको सेवा गर्ने उनको सोच छ ।