बाल नाटक महोत्सव माघमा

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

रुसी साँस्कृतिक केन्द्रसँगको सहकार्यमा शैली थिएटरले एघारौं राष्ट्रिय बाल नाटक महोत्सव गर्ने भएको छ । आउँदो माघको तेस्रो सातामाहुने भनिएको महोत्सवमा सहभागिताका लागि आवेदन खुला गरिएको बताइएको छ ।

बालबालिकालाई रङ्गमञ्च, कला र साहित्यतर्फ काम गर्न प्रोत्साहन र अवसर दिने हेतुले आयोजना गरिने सो महोत्सवमा सहभागी इच्छुक व्यक्ति, संस्था, स्कुल, नाटक समूहलाई आलेख (स्क्रिप्ट) बुझाउन आह्वान गरिएको छ । उत्कृष्ट अभिनय स्वरूप दुई जनालाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट निर्देशन र नाटकलाई पुरस्कार स्वरुप ७ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रोत्साहन र पब्लिक च्वाइस पुरस्कार स्वरुप दुई जनालाइ रु पाँच हजार दिइनेछ । भने सहभागी सम्पूर्णलाई प्रमाणपत्र वितरण गरिने महोत्सव व्यवस्थापक सुवास सुवेदीले जनाएका छन् ।

राष्ट्रिय अखण्डतामा आँच पु¥याउने तथा राज्यको नीति–नियम विपरीतको आलेख स्वीकार्य नहुने र एउटा नाटकमा बढीमा १५ जनामात्र कलाकार हुनुपर्ने छ र नाटक ७० मिनेट भन्दा लामो हुन नहुने बताइएको छ ।