दि कर्माकी नीताको नृत्य

आर्टिष्ट खबर/ पुस, काठमाण्डौ ।

नायिका निता ढुंगानाको मुख्य नृत्य रहेको ‘बजार लाग्या छ’ बोलको फिल्मी गीत सार्वजनिक गरिएको छ । चलचित्र ‘दि कर्माको समावेश पहिलो यस गीतको भिडियोमा नितासँगै नायक करण वर्माले नृत्य गरेका छन् । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा रिसाहा लुक्समा छन् भने बुद्धि तामाङ्ग पनि देखिएका छन् ।

गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको स्वर रहेको छ । यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । चलचित्रका गीतहरुमा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ ।

चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।

चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । चलचित्रमा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

‘दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको निर्माता जय राज रायले बताए । अर्का निर्माता श्रीदेवका अनुसार यो चलचित्र नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि रिलीज हुनेछ ।