पौराणिक कथामा जिउँदो

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नयाँ चलचित्र ‘जिउँदो’ को ट्रेलर सार्वजनिक गरिएको छ । पौराणिक कथामा निर्माण भएको यो चलचित्र अलमिस्ट सुब्बाले निर्देशन गरेका हुन् । दार्जिलिङमा निर्माण भएको यो चलचित्र आउँदो फागुनभित्र प्रदर्शन गर्ने भनिएतापनि मिति पनि तय गरिएको छैन ।

चलचित्रमा श्रद्धा शर्मा, प्रनिशा गहतराज, अलमिस्ट सुब्बा, बिरबल सुब्बा, अन्ना डन्नेबर्गा, एभलीन स्टिम्पफिग, पुजन घिसिङ, बुद्धिमान राई, प्रशान्त बराईली, निखिल गुरुङ, अशोक तामाङलगायतका कलाकारको अभिनय रहेको छ । रोशन लखोटिया, नम्रता शर्मा र आशिष सुब्बा निर्माता रहेको चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक सब्बा स्वयंले लेखेका हुन् ।

‘जिउँदो’ मा अभिजित सरकार कार्यकारी, चन्चल थापा र भास्कर थामीको छायांकन, समीर शर्मा, रजत विश्वास, अभिषेक ’पिकोलो’ राई, सुमित राई, दिवस विश्वासको संगीत र चन्चल थापा, स्यानन्त नाग, निर्देशक अलमिस्ट सुब्बाको काँधमा सम्पादनको जिम्मेवारी छ ।