आलोचना गर्दा दशपटक सोच्नुसः एलिजा

आर्टिष्ट खबर/ पुस, काठमााडौं ।

नवनायिका तथा चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले आफ्नो आलोचना गर्नुभन्दा अघि दशपटक सोच्नुपर्ने बताएकी छिन् । केहिदिन अघि कमेडी रियालिटी शो ‘कमेडी च्याम्पिएन’को सुटिङमा पुगेका धमला दम्पतीलाई प्रतियोगीहरुले ब्यंग्य गरेका थिए ।

‘कसैले आलोचना गर्दा दशपटक सोच्नुपर्छ । आलोचना गर्ने पनि एक लिमिट हुन्छ । अरुको जीवनमा कत्तिको असर पर्छ त्यो सोचेर मात्र बोल्नुपर्छ ।’ एलिजाले सञ्चारकर्मिसँग कुरागर्दै भनिन् । ‘मैले एक चलचित्रमा काम गर्दा असफल भए भन्दैमा लगातार ब्यंग्य गर्नु राम्रो होइन ।’

एलिजाले आलोचना गर्दा अन्य काममा नैराश्यता सिर्जना हुनेहुँदा आलोचना नगर्न आग्रह पनि गरिन् । यस्तै पत्रकार ऋषि धमलाले भने आलोचनासँग डराउन नहुने प्रतिक्रिया दिए । ‘कसैले आलोचना गर्छ भने त्यसलाई सकारात्मक तरिकाले लिनुपर्छ । झन् अघिबढ्नका लागी प्रेरणा प्रदान गर्छ । त्यसैले आलोचनासँग डराउनु हुँदैछ ।’ एलिजाले निर्माण तथा अभिनय गरेको चलचित्र ‘अनुराग’ असफल भएपछि अर्को चलचित्र बनाएकी छैनिन् भने अफर पनि आएका छैनन् । ऋषि धमला र एलिजा गौतम बिशेष अतिथिको रुपमा रहेको ‘कमेडी च्याम्पिएन’को नवौं भाग सोमबार साँझ कान्तिपुर टेलिभिजनमार्फत प्रसारण भएको थियो ।

Video Click Here