सुसाइट नोट सहित कुशलले गरे आत्महत्या

मुम्बई (एजेन्सी) ।

भारतका ४२ बर्षिय कलाकार कुशल पञ्जावीले आत्महत्या गरेका छन् । ४२ वर्षीय कुशल मुम्बईको पाली हिलस्थित आफ्नै निवासमा मृत फेला परेका थिए ।

उनले आत्महत्या गरेको मुम्बईको प्रहरीले बताएको छ । कुशलले आफ्नै कोठाको पंखामा झुण्डिएर आत्महत्या गरेको बताइएको छ। उनको आत्महत्याको कारण भने अझै पुष्टि हुन सकेको छैन । उनको घरबाट ‘सुसाइड नोट’ समेत फेला पारेको छ । ‘मेरो सम्पतिको ५० प्रतिशत बुवा, आमा र बहिनीलाई बराबर बाँड्दिनु र बाँकी सम्पति मेरो तीन वर्षको छोरालाई दिनुु,’ कुशलले सुसाइड नोटमा उल्लेख गरेका छन् ।

मुम्बई प्रहरीका अनुसार उनले लेखेको सुसाइड नोट डेढ पेजको छ । कुशलले २०१५ सालमा आड्री डालेनसँग विवाह गरेका थिए । उनले ३० वटाभन्दा बढी टेलिसिरियलमा अभिनय गरेका छन् ।