‘गुड न्यूज’को गुड ओपनिङ

मुम्बई (एजेन्सी) ।

गएको साता नेपाली चलचित्र प्रदर्शनमा आएनन् । दुई बिदेशी चलचित्र एकसाथ प्रदर्शनमा आए जसमा बलिउड चलचित्र ‘गुड न्यूज’ एक थियो । बलिउडका स्टार अक्षय कुमार र करीना कपूरको मुख्य अभिनय रहेको ‘गुड न्यूज’ले पहिलो दिनमै बक्सअफिसमा राम्रो ब्यापार गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गरेको छ ।

बक्सअफिसमा ‘गुड न्यूज’ को टक्कर सलमान खान अभिनीत चलचित्र ‘दबंग ३’ सँग छ । तर, ‘दबंग ३’ को बावजूद पनि अक्षय कुमारको चलचित्रले पहिलो दिन राम्रो कमाई गर्न सफल भएको छ । यो फिल्मले सलमानको फिल्मको व्यापारमा ठूलो असर गर्ने देखिन्छ । किनकि, ‘दबंग ३’ को ‘वर्ड अफ माउथ’ कमजोर छ । र, दिन–प्रतिदिन व्यापारमा पनि ठूलो गिरावट आइरहेको छ ।

कमेडी ड्रामा ‘गुड न्यूज’ को कहानी दुई कपल (बत्रा भर्सेस बत्रा) को हो । दुवैले बच्चा जन्माउनका लागि आइभिएफको सहारा लिन्छन् । तर, अक्षय करीना र दिलजीत दोसान्झ कियारा आडवाणीबीच निकै ठूलो कन्फ्यूजन हुन्छन् । अस्पतालमा दुवै कपल्सको सरनेम बत्रा भएका कारण स्पर्म मिक्स अप हुन्छ । करीनामा दिलजीतको र कियारामा अक्षयको स्पर्म ट्रान्सफर हुन्छ ।