‘साङ्लो’ ट्रेलरको सकारात्मक प्रतिक्रिया, विराजको क्रेज फर्कने संकेत

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">एक्शन अभिनेता विराज भट्टको क्रेज दशक अघि निकै थियो । उनका चलचित्र हेर्नका लागी दर्शकको ओइरो लाग्थ्यो । विराजको एक्शन हेर्नकै लागी दर्शक आतुर हुन्थे । तर पछिल्लो केहिबर्ष यता विराजको क्रेज घट्दो छ । नेपाली चलचित्रमा कम काम गर्न थालेको विराजले केहिसमयको अन्तरालमा फेरी आफैले चलचित्र निर्माण गरेर आएका छन् । शुक्रबार उनी निर्देशीत तथा अभिनित चलचित्र&nbsp; ‘साङ्लो’को ट्रेलर सार्वजनिक गरियो । जसमा २४ घण्टा नबित्दै राम्रा प्रतिक्रिया मिलेका छन् । जसबाट निर्माण टिमलाई चलचित्र सफल हुनेमा थप हौसला मिलेको छ । यसरी विराजको नयाँ चलचित्रमा सकारात्मक प्रतिक्रिया मिल्नु र युट्युवमा ट्रेलरले राम्रै दर्शक बटुल्नु विराजको क्रेज फेरी फर्किने संकेत बुझ्न सकिन्छ । चलचित्र रिलिजपछि विराजको क्रेज कस्तो रहनेछ छलंगैं हुनेछ । यो चलचित्र आउँदो माघको २४ गतेबाट रिलिज हुनेछ ।</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/0c0c4593f4c0bac8afbd84c14b20c0341578110989.png" style="width: 1233px;"><br></p><p style="text-align: justify; ">एक्सनप्रधान यो चलचित्रमा विराज भट्ट, निकिता चण्डक, जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतका कलाकारको मुख्य भूमिका छ । मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत छ । चलचित्र शिवम् अधिकारीले लेखेका हुन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>Trailer:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/Que5Kwxh_W0" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>