कमाण्डरको एक्शन ट्रेलर

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

आउँदो माघ १० मा प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘कमाण्डर’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा अभिनेता अनुपबिक्रम शाहीको मुख्य भूमिका रहेको छ । ट्रेलरमा अनुपबिक्रम र अर्का अभिनेता रबिन तामाङबीच टक्कर परेको देख्न सकिन्छ अर्थात द्धन्द्ध छ ।

एलआर विबेक सापकोटाको निर्देशनमा बनेको यो चलचित्रको ट्रेलर सार्वजनिक सँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको हो । ट्रेलरमा अनुप प्रहरी अधिकृत र रबिन तस्करको भूमिकामा प्रस्तुत भएका छन् । सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको चलचित्रमा अनुपबिक्रम र रबिनका साथमा ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन् । चलचित्रको सहनिर्मातामा सावन जंग राना छन् ।

‘कमाण्डर’ भ्रष्टाचार, तस्करी, लागूऔषध कारोबार, चेलीबेटी बेचबिखन लगायतका समसामयिक बिषयमा केन्द्रित रहेको निर्देशक एलआर बताउछन् । दिब्य सुवेदीले खिचेको चलचित्रमा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । चलचित्र आरआर फिल्मस्ले वितरण गर्दैछ ।