एउटै स्टेज चढ्दै नविन र दीपेश

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

पप गीतक्षेत्रका दुई लोकप्रिय गायक नविन के भट्टराई र दीपेशकिशोर भट्टराईले पहिलो पटक एउटै स्टेज चढ्ने भएका छन् । फ्रेण्ड्स अफ लाजिम्पाटले यही पुस २५ गते शुक्रवार काठमाडौंमा आयोजना गर्न लागेको ‘टु लिजेन्ड्स अन द स्टेजः लाइभ इन कन्सर्ट’ शीर्षकको लाइभ कन्सर्टमा यी दुई गायकहरुले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्नेछन् ।

लाजिम्पाटको नेपाली चुलोमा आयोजना हुने उक्त कन्सर्टमा दुबै गायकलाई ब्याकअप ब्याण्डले साथ दिनेछन् । गायक नविन के भट्टराईलाई उनकै ब्याकअप ब्याण्ड अतृप्तले बाद्य–वादनमा साथ दिनेछ भने गायक दीपेशकिशोर भट्टराईलाई लिजेण्ड ब्याण्डले साथ दिनेछ । यी दुबै गायकहरु यतिबेला लाइभ कन्सर्टको अभ्यासमा जुटेका छन् ।

शुक्रवार साँझ पाँच बजेपछि प्रारम्भ हुने कन्सर्ट राती १० बजेसम्म जारी रहने आयोजक संस्था फ्रेण्ड्स अफ लाजिम्पाटले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष पवन तिमिल्सिनाका अनुसार उक्त कन्सर्टबाट संकलित सम्पूर्ण रकम खुला सडकमा जीवन बिताउने बाध्य घरवार बिहिन तथा असहाय व्यक्तिहरुका लागि खर्च गरिने छ । त्यसक्रममा उनीहरुका लागि जाडोका पहिरन, खाना तथा ब्ल्याङ्केटहरु प्रदान गरिनेछ ।

भिजिट नेपाल २०२० को प्रवद्र्धन समेत गरिने उक्त कन्सर्टमा दुबै गायकहरुले आफ्ना एक–एक दर्जनभन्दा बढि लोकप्रिय गीत–संगीत प्रस्तुत गर्नेछन् । आयोजक फ्रेण्ड्स अफ लाजिम्पाटले यसअघि पनि लाजिम्पाट क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।