नवकलाकारको भो माया लाउदिन

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

पछिल्लो समय नयाँ कलाकार लिएर पनि चलचित्र धेरै नै बन्न थालेका छन् । पुराना कलाकारले मात्र चलचित्र नचल्ने र चलचित्रको कथा तथा मेकिंग बलियो भयो भने नवकलाकारका कारण पनि चलचित्र सफल हुने भएकाले नयाँ कलाकारको पनि राम्रो चलचित्र आइरहेका छन् । यसैबिच नवकलाकारहरुको अभिनय रहेको चलचित्र ‘भो माया लाउदीन’ निर्माण भएको छ ।

म्याक्टेन कालुको निर्देशनमा तयार भएको यो चलचित्रमा सबैजसो नयाँ कलाकार छन् । मनसुधा निर्माण प्रा.लि.को ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा नवराज अधिकारी, विर्जन मिजार, प्रमिला बि.शि., आशा रसाईली, समिर अधिकारी, लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा लगानी निर्देशक म्याक्टेनकै रहेको छ । चलचित्रमा मिलन श्रेष्ठले द्धन्द निर्देशन गरेका छन् भने सन्तोष सुनारले चलचित्रको छायांकन गरेका हुन् ।

चलचित्र प्रेमकथामा आधारीत रहेको निर्देशक म्याक्टेनले जानकारी दिएका छन् । यसअघि केहि चलचित्र निर्देशन गरिसकेका म्याक्टेनले नवकलाकारलाई लिएर चलचित्र गर्दा पनि सफल हुनेमा आशावादी छन् । उनका अनुसार चलचित्र सफल हुन कलाकारमात्र नभएर चलचित्रको कथा, निर्माण टिम बलियो हुनेपर्ने तर्क छ । चलचित्रका मुख्य खलनायक नवराज अधिकारी हुन् । नवलपुर घर भएका नवराजले चलचित्रका लागी निकै मिहिनत गरेको बताए । उनी भन्छन् ‘संख्यात्मक हिसाबमा त मेरो धेरै छैनन् तर आफूले पाएको भूमिकालाई न्याय दिने काम गरेको छु जस्तो लाग्छ । दर्शकको प्रतिक्रिया अनुसार चल्नेछु ।’ नवराजले लोकप्रिय हास्यटेलिसिरियल मेरीवास्सै, गोलमाल, हजुर वरिष्ठ हस्त नमस्ते लगायतमा पनि काम गरेका छन् भने मोफसलमा स्टेज कार्यक्रमको शोमा ब्यस्त हुने गर्दछन् ।

चलचित्रमा मिलन श्रेष्ठले द्धन्द निर्देशन गरेका छन् भने सन्तोष सुनारले चलचित्र खिचेका हुन् ।