सुशिललाई प्रेमका प्रश्न

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र ‘लभ डायरिज’ आउँदो फागुन २ गतेबाट प्रखदर्शनमा आउने तयारीमा छन् । यसै चलचित्रको सोमबार एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरियो । एक्शन र प्रेमको बिषयमा निर्माण भएको चलचित्रमा नायक सुशिल श्रेष्ठ र नव–नायिका रुविना थापाको मुख्य भूमिका छ ।

कार्यक्रममा नायक सुशिल श्रेष्ठलाई पत्रकार चलचित्र भित्र जोडिएका प्रेमका कुरा र रियल लाइफका प्रेमका बिषयमा कत्तिको मेल खान्छ भन्दै प्रश्न सुरु गरे । सुशिलले पनि रोमान्टिक हुँदै उत्तर दिएका थिए । सुशिलको केहिसमय अघि प्रेममा ब्रेकअप भएको समाचार बाहिरिएका थिए त्यसैले पनि पत्रकार सम्मेलनमा प्रेमका प्रश्न खास बने । पत्रकारले प्रश्न सोधे, के चलचित्रको कथा तपाइको जीवनमा पनि मेल खान्छ ? यसमा सुशिलले भने–‘कथाका केही हिस्सा मेल खान्छ । तर, मेरो जीवनमा घटेका घटना भन्दा बढी अझै धेरै कथा यो चलचित्रमा छ । सुशिलले आफूले जीवनमा प्रेम गरेको र विछोड पनि भएको सुनाए । पत्रकारले उनलाई सोधे, प्रेममा विछोड भएपछि हातको नशा पनि काट्नु भएको थियो हो ? सुशिलले जवाफ फर्काए–‘होइन, बाइक दुर्घटनामा परेर यस्तो भएको हो ।’

सुशिलसँगै नव–नायिका रुविना थापालाई पनि चलचित्रको कथा अनुसार जीवनको भोगाइको बिषयमा प्रश्न सोधिएको थियो । जसमा रुविनाले भनिन्–‘मेरो प्रेम भयो र विछोड पनि भयो । चलचित्रको कथाका केही भागमा आफ्नो जिन्दगीलाई पनि पाउँछु । तर, चलचित्रले अझै धेरै कुरा भन्छ ।’ कार्यक्रममा सुशिल र रुविनाले चलचित्रको संवाद पनि प्रस्तुत गरे । यो चलचित्र सौरभ चौधरीले निर्देशन गरेका हुन् ।