‘२ नम्बरी’ बन्ने, भुटानी अभिनेत्रीसँग दयाहाङको जोडी

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘२ नम्बरी’ बन्ने भएको छ। उक्त चलचित्रमा अभिनेता दयाहाङ राइले भुटानी अभिनेत्रीसँग जोडी बाधिने भएका छन्। भुटानी चलचित्र निर्मात्री, अभिनेत्री तथा निर्देशक उगेन छोदेन यस चलचित्रबाट नेपाली  चलचित्रमा डेब्यू गर्दैछिन् । यहि फागुन २८ गतेबाट छायांकनमा जान लागेको यो चलचित्रको बिहीबार पत्रकार सम्मेलन गरी निर्माण टिमसँग कलाकार चिनाइयो ।

निर्देशक लामाले चलचित्रमा उगेन भुटानी नागरिककै भूमिकामा रहने बताए । ‘उहाँसँग मेरो एक फिल्म फेस्टिभलमा भेट भएको थियो । त्यहाँ उहाँले अभिनय गरेको फिल्म हेर्ने मौका पाएको थिएँ,’ निर्देशक लामाले उगेनसँगको भेट स्मरण गर्दै भने । अभिनेत्री उगेनले नेपाली चलचित्रमा अभिनय गर्ने अवसर पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताइन् ।

भुटानमा विदेशी चलचित्र प्रतिबन्ध भए पनि यूट्युबमार्फत् नेपाली चलचित्र हेर्ने गरेको उनको भनाई छ । ‘राजेश हमाल, पल शाह, दयाहाङ राईको भुटानमा ठूलो क्रेज छ । नेपाली फिल्म भुटानी दर्शकले निकै मन पराउँछन्,’ उनले नेपाली भाषा भुटानी लवजमा भनिन् । उनी ‘कबड्डी’ हेरेपछि अभिनेता दयाहाङ राईको फ्यान भएकी रहेछिन् । उनले अगाडि थपिन्, ‘दयाहाङ राई मेरो फेभरेट अभिनेता हुनुहुन्छ । उहाँले अभिनय गर्नुभएको प्रायः सबै फिल्म हेरेको छु । मलाई उहाँको ‘घामपानी र कबड्डी’ निकै मनपर्छ । ‘कबड्डी’ हेरेपछि त म उहाँको फ्यान भएकी थिएँ । आज उहाँसँगै स्क्रिन साझेदार गर्ने अवसर पाउँदैछु । म आफूलाई भाग्यमानी ठान्छु ।’ अभिनेता दयाहाङले उगेनसँग स्क्रिन साझेदार गर्न आफू उत्साहित रहेको बताए । रत्न श्रेष्ठ कार्यकारी निर्माता  रहेका ‘२ नम्बरी’ को कथा निर्देशक लामाकै हो । अर्को वर्षको जनै पूर्णिमामा प्रदर्शन हुने चलचित्रमा बुद्धि तामाङको पनि अभिनय रहनेछ । रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा रहेको चलचित्रको प्रस्तुतकर्तामा किरण नेपाली छन् ।