बुटिक ब्यवसायमा गायिका पुर्णकला

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

लोकप्रिय लोक तथा दोहोरी गायिका पूर्णकला बिसीले काठमाडौंको कपुरधारामा बुटिक संचालनमा ल्याएकी छिन्। माघ २३ गते शुक्रबारको दिन माननीय विमला विक र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले रिवन काटेर बुटिकको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा लोकप्रिय गायक पशुपति शर्मा, मोडल टीका जैंसी लगायतका कलाकारहरुको जमघट रहेको थियो ।

गायनमा व्यस्त भए पनि बचेको समयको सदुपयोग गर्नका लागि उनले व्यवसाय संचालनमा ल्याएको बताएकी छन्। रोनिया बुटिकमा नयाँ फेसनका रेडिमेड ड्रेसका साथै अर्डर अनुसारको नयाँ डिजाइनका ड्रेसहरु पनि उपलब्ध हुने गायिका बिसीले बताइन् । गायिका बिसीसँगै उनका श्रीमान मोडल धन केपीले पनि साथ दिएका छन्। गीतसंगीतको क्षेत्रमा आफूलाई स्थापित गराउँदै आएको धनले पनि व्यवसायलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका खेलेका हुन्।