बिन्ध्यावासिनी म्युजिक अवार्डः युवराज र श्रेयसी उत्कृष्ट गायक गायिका

...

bindabasini music award 2072पुस ११, काठमाडौं । राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा शुक्रबार ‘विन्ध्यवासिनी म्युजीक अवार्ड-२०७२’ सम्पन्न भएको छ । विन्ध्यवासिनी फाउण्डेसनद्धारा आयोजित छैठौं विन्ध्यवासिनी म्युजिक अवार्डमा विभिन्न ३१ बिधामा अवार्ड वितरण गरिएको थियो ।

कार्यक्रममा सुगम संगीत तर्फ युवराज चौलागाईं हरेक शव्द बोलको गीतबाट सर्वोत्कृष्ट गायक र श्रेयसी चेम्जोङले म तिम्रो हुँला नहुँलाबाट गायिका पब्लिक च्वाईस अवार्ड पाइन् । सोही गीतबाट राजकुमार बगरले संगीतकारको अवार्ड पाए । डब्बु क्षत्रीले साउनको भेलजस्तो बोलको गीतवाठ सर्वोत्कृष्ट गीतकारको अवार्ड पाए ।

वरिष्ठ गायक एंब संगीतकार प्रेमध्वज प्रधानलाई ५१५५१ नगद सहित लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मानति गरिएको थियो । रंगपत्रकार कृष्ण भट्टराईलाई २५ हजार ५ शय २५ रुपियाँसहित विन्ध्यावासिनी कला पत्रकारिता पुरस्कारबाट सम्मान साथै गायक राजेशपायल राईलाई १५ हजार ५ शय १५ रुपियाँसहित विन्ध्याबासिनी संगीतरत्न सम्मान, विश्वका कान्छा निर्देशक सौगात विष्टलाई १० हजार १ रुपियाँसहित विशेष सम्मानबाट सम्मान गरिएको थियो ।

अवार्डका विजेताहरुको नाम :-

सर्वोत्कृष्ट गायक सुगम संगीत पुरुष – युवराज चौलागाईं ” हरेक शव्द “सर्वोत्कृष्ट गायिका सुगम संगीत -महिला श्रेयसी चेम्जोङ “म तिम्रो हुँला नहुँला”पब्लिक च्वाईस अवार्ड- श्रेयसी चेम्जोङ
सर्वोत्कृष्ट संगीतकार सुगम संगीत – राजकुमार बगर “म तिम्रो हुँला नहुँला”

सर्वोत्कृष्ट गीतकार सुगम संगीत – डा. कृष्णहरी बराल “हेर्ने हजार आँखा”

सर्वोत्कृष्ट महिला गीतकार – श्रद्धा अधिकारी “धेरैलाई बाँड्दा नपुग्ला माया”

सर्वोत्कृष्ट एल्बम सुगम – बन्जरा “विनोद बन्जरा”

सर्वोत्कृष्ट संगीत संयोजक सुगम – जुगल डंगोल “साउनको भेलजस्तो”

सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक सुगम – सुरज श्रेष्ठ “आफ्नै जिन्दगीको”

सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन – प्रविण श्रेष्ठ “आफ्नै जिन्दगीको”

सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार – राजेश घिमिरे ” धुजा धुजा”

सर्वोत्कृष्ट पप गायक – बादल प्रसाईं “फुलको हत्या”

सर्वोत्कृष्ट पप संगीतकार – सुगम पोखरेल “फुलको हत्या”

सर्वोत्कृष्ट पप गायिका – आकांक्षा बस्याल “सोर श्रृंगार”

सर्वोत्कृष्ट युगल गायन – सुरज कुमार थापा र निकिता थापा “तिम्रो आंखाको”

सर्वोत्कृष्ट लोकदोहोरी गायक – बद्री पंगेनी “रातो पछ्यौरी”

सर्वोत्कृष्ट लोकदोहोरी गायिका- कला पंगेनी “गुन्द्री तानेर”

सर्वोत्कृष्ट लोकदोहोरी भाका – कमल सरगम “आत्महत्या”

सर्वोत्कृष्ट पाश्र्व गायन पुरुष – रामचन्द्र काफ्ले “मात लाग्यो”

सर्वोत्कृष्ट पाश्र्व संगीत – चेतन सापकोटा “मात लाग्यो”

सर्वोत्कृष्ट पाश्र्व गायन महिला – जुनु रिजाल “तिमी गीत हौ कि”

राष्ट्रिय भावनाले ओतप्रोत गीत – रोशन भट्टराई “बिहानी घाम”

सर्वोत्कृष्ट लोकदोहोरी रचनाकार – एकनारायण भण्डारी “रातो पछ्यौरी”

सर्वोत्कृष्ट लोकदोहोरी गीत- हरी डागी “मैले जति तिमीलाई माया”

सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो मोडल – गरीमा पन्त र बिमल अधिकारी “मलाई दुख्दा दुख्ने मुटु”

सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक – कपिल लामा “कसको सिन्दुर पर्ने हो”
सर्वोत्कृष्ट ध्वनी मुद्रण – राजेश्वर तण्डुकार “दुई थोपा आंशु”

सर्वोत्कृष्ट लोक तथा दोहोरी बाट नव प्रतिभा – अमृत खाती “मुलको पानीले”

सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल – विजय थापा र रश्मी तामाङ “मुलको पानी”

सर्वोत्कृष्ट पप तथा आधुनिक गीत तर्फ नव प्रतिभा – गंगाधर पराजुली “मेरो पहिलो माया”

सर्वोत्कृष्ट म्युजिक कम्पनी – एसियन म्युजिक प्रा.लि .