फिल्म ‘बिचबाटो’ हेर्नुपर्ने मुख्य तिन कारण यस्ता छन्

...

bich bato nepali movieपुस १२, काठमाडौं । आउदो शुक्रबार अर्थात पुस १७ गतेबाट फिल्म ‘बिचबाटो’ प्रदर्शनमा आउँदै छ । अलनेपाल एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेको ‘बिचबाटो’मा समावेश गित ‘पप्पी देउन’ यतिखेर निकै चर्चामा छ । राजेश शाहीले निर्माण गरेको यो फिल्ममा नायक शुशिल क्षेत्री र नायिका जश्मिन श्रेष्ठको मुख्य भुमिका रहेको छ । फिल्मलाई ऋषि न्यौपानेले निर्देशन गरेका हुन् ।

फिल्मका निर्माता राजेश शाहीले सामाजिक कथामा बनाईएको ‘बिचबाटो’लाई स-परिवार बसेर हेर्न मिल्ने फिल्म बनाईएको बताउँछन् । फिल्मको ‘पप्पी देउन’ गितको यतिखेर निकै चर्चा भइरहँदा फिल्मलाई दर्शकले अझ मन पराईदिनेमा आशाबादी देखिएका छन् निर्माता शाही । यसैबिच शाहीले आर्टिस्टखबर सँगको कुराकानीमा फिल्म ‘बिचबाटो’ हेर्नु पर्ने मुख्य तिनकारण यसरी बताउँछन् ।

rajesh shahi - film producer१. बिचबाटो एक सामाजिक कथामा बनेको फिल्म हो । स- परिवार बसेर हेर्न मिल्ने फिल्म बनेको छ ।

२. पछिल्लो समयका युवाहरुको मायाप्रेमको कथालाई पनि फिल्ममा समावेश गरीएको छ । चोखो माया गर्नेलाई बिचबाटो मै गएर एक्कासी धोका दिँदाको बेलामा के हुन्छ भन्ने कथा फिल्ममा हेर्न सकिन्छ ।

३. हल भित्र बसिसकेपछि फिल्ममा रोमान्टिक तथा कमेडी पनी उत्तिकै मात्रामा पाउन सकिन्छ । फिल्मको समय सम्म दर्शकले पुर्णरुपमा मनोरञ्जन पाउने छन् ।

न्यु भेनस फिल्म प्रा.ली.को यो तेस्रो प्रस्तुती हो । यसभन्दा अघि निर्माता शाहीले ‘कवज’ र ‘मेरो मनको साथी’ फिल्म निर्माण गरीसकेका छन् । जुन फिल्मले पनि सफलता पाएका थिए ।