५० बर्ष पुगे सलमान, यि हुन् सलमानले नै भित्राएका स्टारहरु

...

salman khanपुस १२, काठमाडौं । बलिउड स्टार सलमान खान आजबाट ५० बर्षमा प्रवेस गरेका छन् । सलमानले आफ्नो जन्मदिनको पार्टिमा थुप्रै बलिउड स्टार तथा टेलिभिजनकर्मिहरुलाई बोलाएर सेलिब्रेसन गरे । २७ डिसेम्बर सन् १९६५ मा जन्मिएका सलमान खानका लागि यस वर्षको जन्मदिन विशेष भएको छ। सलमान अभिनित यस बर्षका २ फिल्म ‘बजंरगी भाइजान’ र ‘प्रेम रतन धन पायो’ले राम्रो सफलता पाए । यि २ फिल्मले १०० करोड भन्दा माथि आम्दानी गरे । त्यस्तै अर्कोतर्फ १३ वर्ष पुरानो ुहिट एण्ड रनु केसबाट पनि सफाइ पाए र जेल जानबाट जोगिए ।

सलमानले बलिउडमा आएर आफु मात्र स्टार बनेनन् । आफुँसँगै अन्य थुप्रैलाई स्टार बनाईसकेका छन् । फिल्ममा अभिनयका साथ साथै सामाजिक कार्यमा पनि अगाडि देखिने सलमानले केही निर्देशकदेखि कलाकारलाई डेब्यू गराएका छन् । हिमेश रेशमिया, निर्देशक सञ्जयलीला भन्साली, साजिद वाजिद लगायतलाई उनले बलिउडमा ल्याउनका लागि सहयोग गरेका थिए ।

salman-khan31-580x395त्यस्तै ऋतिक रोशन र सोनाक्षी सिन्हालाई पनि उनले ठुलो सहयोग गरेका छन् । ऋतिक र सोनाक्षीले अभिनयको तालिम लिदै गर्दा सलमानले चलचित्रमा प्रवेश गराएका थिए । अहिले ऋतिक र सोनाक्षी बलिउडका ठुलै स्टार भईसकेका छन् ।

सलमानको जन्मदिन पार्टीमा सांसद शत्रुघन सिन्हा, अभिनेत्री सोनाक्षी सिन्हा , अनिल कपूर, सोनम कपूर, जैकलीन फर्नांडीज लगायतका सेलिब्रेटीहरुको उपस्थिती रह्यो ।

सम्बन्धित समाचारहरुः
पत्याउनु हुन्छ ? यि ८ कलाकार जसलाई सलमानले नै जन्माएका थिए
यि हुन् सलमानलाई सजाय दिलाउन मुख्य भुमिका खेल्ने महिला