सरकारको निर्णय बेवास्ता गर्दै म्युजीक भिडियोका कलाकार

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

कोभिड १९ (कोरोना) बाट विश्वका १ सय ७७ बढी देश प्रभावित छन् । अहिलेसम्म १० हजार ४८ को ज्यान गइसकेको छ ।  यसैबिच नेपालमा पनि कोरोना फैलिन नदिन सरकारले जनतामा बिभिन्न सन्देश फैलाइरहेको छ ।

कलाक्षेत्रमा यसको पनि ठुलो असर परेको छ । चलचित्र छायांकन तथा प्रदर्शन रोक्न सरकारले निर्देशन दिइसकेको छ । चलचित्र हल सहित बिभिन्न मनोरञ्जन स्थलहरु बैशाख १८ गते सम्मका लागी बन्द भइसकेको छ । एक ठाउँमा २५ जना भन्दा बढी मानिसलाई भिडभाड नगर्न भनिएको छ, त्यसैले सबै चलचित्रका छायांकन रोकिएका छन् । तर यतिबेला म्युजीक भिडियोका कलाकारहरु भने सरकारको निर्णयलाई बेवास्ता गर्दै छायांकनलाई निरन्तरता दिइरहेका छन् ।

निर्देशक प्रकाश भट्टको टिमले आज (शुक्रबार) ४० बढी कलाकार सहितको टिम लिएर छायांकन गरिरहेका छन् । बिना छन्त्याल र बिरही बस्यालको स्वरमा रहेको एक गीतका लागी मुख्य मोडल महेन्द्र गौतम र सम्पदा बाँनिया सहित प्रोडक्सन टिम, कोरस गरी ४० बढीको टिम लिएर अहिले छायांकन भइरहेको छ । यसैगरी अन्य केहि म्युजीक भिडियो निर्माण गर्ने टिमले पनि उक्त निर्णयलाई बेवास्ता गरेको देखिएको छ । गायक तथा मोडल दुर्गेश थापाले पनि बिहीबार एक गीतको छायांकन सकेका थिए ।