सेलिब्रेटी आवाजः आतंकित नबनौं र नबनाऔं

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

विश्वका १ सय ७७ बढी मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को त्रास नेपालमा पनि निकै छ । नेपालमा अहिलेसम्म कसैलाई पनि कोरोना संक्रमण नेदिएपनि मानिस भित्रको त्रासले झन्झन् गहिरो रुप लिदैछ । भिडभाड हुने अधिकांश शहरहरु यतिबेला सुनसान छन् । ब्यापार ठप्प छ । सरकारले अत्यावश्यक भन्दा अन्य बेला बाहिर ननिस्किन आग्रह गरेको छ । यस्तै बिभिन्न मनोरञ्जनस्थलहरु बैशाख १८ गतेसम्मका लागी बन्द भइसकेका छन् । यस्तै सम्पुर्ण अन्तर्राष्ट्रिय उडान आजबाट बन्द हुँदैछन्। यसरी सरकारले कोरानो नेपालमा फैलिन नदिनका लागी उच्च सतर्कता अपनाइरहेका बेला कतिपयले सामाजिक सञ्जालमा त्रास फैलाइरहेको देखिएको छ । त्यस्ता त्रासलाई हटाउनका लागी सहि सर्तकता सन्देशको आवश्यक देखिन्छ । जसका लागी कलाकारहरुले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । अन्यबेला आफूहरुलाई देशको गहना भन्ने कलाकारहरु यतिबेला गुपचुप नै बसेको देखिएको छ । सावधानीका लागी घरमै बसेका कलाकारले सामाजिक सञ्जालबाट मात्रै पनि आफ्नो सिर्जनात्मक सतर्कता सन्देश दिनेहो भने आम मानिसमा सहि सन्देश जाने देखिन्छ। तर केहि कलाकारले बाहेक धेरै कलाकारहरु मौन बसिरहेका छन् । सेलिब्रेटीका सामाजिक सञ्जालमा हजारौं, लाखौं फ्लोवर्स हुने भएकाले सानो सन्देशले पनि ठूलो भूमिका खेल्न सक्छन्। सेलिब्रेटीहरुले आ–आफ्नो ठाउँबाट कोरोना संक्रमण फैलिन नदिनका लागी के गर्नुपर्ने, संक्रमण भयोभने के गर्ने जस्ता कुराहरुको सन्देश सामाजिक सञ्जालबाटै प्रवाह गर्दा कोरोनाको त्रास कम हुने देखिन्छ । यसैबिच केहि चर्चित तथा लोकप्रिय कलाकारहरुले भने कोरोनाको बिषयमा सन्देश प्रवाह गरेका छन् ।

लोकप्रिय अभिनेत्री रेखा थापाले कोरोना भाइरसबाट बच्ने उत्तम उपाय सतर्कता भएको भन्दै भिडियो सन्देश दिएकी छिन् । उनले धेरै आतंकित नबनौं र अरुलाई पनि आतंकित नबनाउन आग्रह गरेकी छिन् । ‘सेनिटाइजरले हात धुनुहोला, सेनिटाइजर छैन भने साबुन पानीले हात धुनुहोला’ रेखाले भिडियोमा भनेकी छिन्, ‘आफू बस्ने ठाउँ सफा राखौं, अरुलाई सचेत बनाउँ ।’ रेखाले सामाजिक सञ्जालमा आंतक नफैलाउन पनि आग्रह गरेकी छिन् । उनले भनेकी छिन्, ‘घरबाट निस्किदा माक्सको प्रयोग गर्नुहोला । यो बेलामा मान्छेहरुबाट बिभिन्न प्रकारका कुराहरु सुनिएको हुन्छ । सहि कुरालाई पछ्याउनुहोला । नेपाल सरकारको नियमको पालना गर्नुहोला।’ यस्तै बरिष्ट अभिनेता सन्तोष पन्तले कोरोना भाइरसबिरुद्धको अभियान अघि बढाएका छन् । उनको भिडियो सन्देश बैशाख १२ गतेलाई प्रदर्शन मिति तोकिएको ‘हिजो आजका कुरा’ फिल्म टिमले समाजीक संजालमा सार्वजनीक गरेको हो । भिडियोमा अभिनेता पन्तले नेपालमा अहिलेसम्म कोरोनाको महामारी नफैलिए पनि सुरक्षित रहन गर्नुपर्ने बिधिहरुबारे जानकारी दिएका छन् । उनले भिडियोमा साबुन पानीले हात धुने,सेनेटाइजर प्रयोग गर्ने, अत्याबश्यक काम नभएसम्म घरबाहिर ननिस्कने, भीडभाडमा नजाने लगायतका सावधानी अप्नाउन अपील गरेका छन् । उनले आफ्नो तर्फबाट रवि लामिछाने, दीपा श्री निरौला र दिनेश डीसीलाई पनि कोरोना भाइरसबाट जोगीन गर्नुपर्ने बिधि बारे जनमानसमा सन्देश पुर्याउन आग्रह गरेका छन् ।

‘हिजो आजका कुरा’ का निर्देशक साकार पन्तले आफ्नो फिल्म र फिल्ममा संलग्न कलाकारको माध्यमबाट कोरोना भाइरस बारे सचेतना जगाउन अभियान थालेको बताए । उनले पहिलो चरणमा आफना पिताको भिडियो पोस्ट गरेको र क्रमश अन्य कलाकारको पनि भिडियो सन्देश जनमानसमा पुर्याइने जानकारी दिए । अर्का अभिनेता दीपकराज गिरीले पनि सामाजिक सञ्जालमार्फत सचेत हुन आग्रह गरेका छन् । कोरोना भाइरसका माहामारी नसकुन्जेलको समयसम्म सबैलाई अत्यावश्यक बाहेक घरभित्र रहन आग्रह गरेका छन् ।  उनी आफू पनिसेल्फ क्वारेन्टाइनमा बस्दै आएको बताउएका छन् । ‘कोरोनाले घर परिवाको महत्व बुझाइदिएको छ । तपाई घरबाट निस्किनु भएन भने कोरोना घरमा आउँदैन ।’ उनले कोरोना भाइरसको त्रासले परिवारमा सुखी साट्ने वातावरण बनाइदिएको बताएका छन् ।

दीपकले सामाजिक सन्जालहरुमा आएका भ्रामक समाचारहरुमा ध्यान नदिन, साथीहरुसँग भेटघाट गर्दा अर्काको बारेमा नकारात्मक कुरा नगर्न अनुरोध गरेका छन् । उनी यसबारेमा भनेका छन्, ‘आफूसँग खुसी खोजौ, परिवारमा खुखी साटौं । साथी भाइसँग अर्काको कुरा नकाटौ ।’

अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौलाले २० देखि ३० सेकेन्डसम्म मज्जाले हात धोऔँ, घरबाट निस्किदा र घर फर्केपछि स्यानीटाईजरको प्रयोग गरौँ, मास्क लगाऔँ, भरसक भिडभाडमा नजाऔँ भन्दै भिडियो संदेश दिएकि छिन् । सामाजिक सञ्जाल मार्फत उनले दर्शकहरुको खुशीनै आफुहरुको खुशी हो भन्दै सबै जना आफु जोगिएर अरुलाई पनि जोगाउनको लागि प्रयत्न गरौँ भन्ने अनुरोध पनि गरेकी छिन् । उनले ‘नमस्कार’ को संस्कारलाई पनि जोड दिएकी छिन् । अभिनेत्री स्वस्तिमा खड्काले बाहिर अझैपनि मानिसहरुको भिड देख्दा अचम्ममा परेको बताएकी छिन् । भिडियो मार्फत संदेश दिदै उनले सम्भब भएसम्म घरबाट बाहिर ननिस्कन र निस्किनुनै पर्ने भए पनि मास्क लगाएर निस्किन आग्रह गरेकी छिन् । उनले नियमित हात धुन र स्यानीटाइजर प्रयोग गर्न जोड दिदै यस्तो समयमा सामाजिक संजालहरुमा गलत समाचारहरु शेयर हुन सक्ने सम्भावनाहरु हुने हुनाले सकेसम्म त्यस्तो समाचारहरुलाई बेवास्ता गरौ भनेकी छिन् । उनले भिडभाडमा नजान र एक अर्काको साथ दिन पनि आग्रह गरेकी छिन् ।अभिनेत्री अनु शाहले पनि भिडियो सन्देश मार्फत कोरोना भाइरससँग सजग हुन आग्रह गरेकी छिन्। उनले महत्वपूर्ण काम परे मात्र घर बाहिर निस्किन, घर बाहिर निस्किदा मास्कको प्रयोग गर्न, स्यानीटाइजरको प्रयोग गरिरहन, हात धुन, स्वास्थ्यवर्धक खानेकुराहरु खान, नआत्तिन र भिडभाडमा नजान आग्रह गरेकी छिन् । संगीतकार तथा गायक अर्जुन पोखरेलले पनि कोरोना भाइरसबाट सुरक्षित रहनको लागि सकेसम्म घरमै बसौं भन्ने सुझाव दिएका छन् । उनले आफुले पनि घरमै काम गर्ने व्यवस्था मिलाउन लागेको जानकारी दिदै अहिलेको अवस्थामा जिबन बचाउनु नै सबै भन्दा महत्वपूर्ण कुरा भएको बताए । यस्तै अन्य सेलिब्रेटीहरुले पनि सामाजिक सञ्जालमा स्टाटस राख्दै सजग हुन आग्रह गरेका छन्। शनिबार सम्म कोरोना भाइरसकै कारण विश्वमा ११ हजार बढीको ज्यान गइसकेको छ । कोरियाबाट सुरु भएको यो भाइरसको कारण इटालीमा सबैभन्दा बढीको ज्यान गएको छ।

यो समाचार आजको हिमालय टाईम्समा प्रकाशित छ।