नेपालकी छोरीमा केकीसँग अनिल र सुमिन

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गायिका माया पुनको स्वरमा रहेको नेपालकी छोरी बोलको गीत सार्वजनिक गरिएको छ । जंगबहादुर पुनको शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीत ड्रिम्स स्टुडियोले तयार पारेको हो । गीतको भिडियोमा लोकप्रिय गायिका केकी अधिकारीको साथमा अनिल अधिकारी र सुमिन गुरुङको अभिनय रहेको छ ।

पोखराको बिभिन्न रमणिय स्थलमा छायंकन गरिएको गीतले राष्ट्रिय भाव प्रस्तुत गरेको गायीका माया पुन बताउँछिन् । भिडियोमा सरोज अधिकारीको छायंकन, टेकेन्द्र शाहको रंग संयोजन, प्रिती गुरुङको नृत्य निर्देशन रहको गीतको निर्देशक तथा सम्पादक सुवास अम्गाई रहेका छन् । साथी क्रियशनले भिडियो निर्माण गरेको हो ।