सहयोग लिएर प्राबिधिकको घरघरै पुगिन् पुजा

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं । </span></pre><p style="text-align: justify; ">विश्वभर फैलिएको कोरोना भाइरसको कारण नेपाल पनि विगत तीन हप्तादेखि लकडाउनमा छ। सरकारद्दारा हालसम्म बैशाख ३ गतेसम्म&nbsp; लकडाउन घोषणा गरेतापनि यसको अवधी अझै लम्बिने देखिएको छ । यो अप्ठ्यारो स्थितिले दिनहु ज्याला मजदुरी गरेर खाने वर्गहरु निकै मारमा परेका छन्। यो भाइसरको प्रभाव विश्वभरीनै धेरै क्षेत्रमा परेसँगै चलचित्र क्षेत्र पनि यसको प्रत्यक्ष प्रभाव परेको छ। विशेषगरि अझ नेपालका प्रावधिकहरु यसको प्रत्यक्ष मारमा परेका छन्। यस कुरालाई मध्यनजर गर्दै धेरै कलाकारले चलचित्र प्राविधिक संघ मार्फत सहयोग गरिरहेका छन् र सहयोग गर्ने&nbsp; घोषणा पनि गरिरहेका छन्। यसैबीच चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले सहयोग रकम जुट्ने क्रम जारि रहेको बताएका छन्। यसैगरी केही दिन अघि अभिनेत्री पूजा शर्माले प्राविधिकलाई दुईलाख भन्दा बढीको गुणस्तरीय खाद्यान्न सहयोग गर्ने घोषणा गरेकी थिइन्। सोहि घोषणा उनले पूरा गरेकी छिन्। यो उदाहरणीय काम पुरा गरेसँगै उनको प्रशंसा चुलिएको छ । सामाजिक संजालमा उनले सहयोग गरेका भिडियो भाइरल भएका छन्। उनको यस सहयोग कार्यले अन्य कलाकारहरुमापनि सहयोगको भावना जगाउने देखिएको छ ।&nbsp;</p><p style="text-align: justify; ">पूजाले प्राविधिकहरुको घर-घरमै पुगेर खाद्यान्न वितरण गरेकी छिन्। राहत लिएर प्राविधिकहरुको घरघरै पुग्ने क्रममा उनी जोरपाटी देखि भक्तपुर 'व्यासी' सम्म पुगिन्। उनको साथमा प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, संघका उपाध्यक्ष&nbsp; अर्जुन प्रसाद पोखरेल, पूर्व महासचिव सुरज आचार्य लगायत रहेका थिए। उनले ३० जना प्राविधिकलाई प्रति व्यक्ति १ बोरा चामल, २ केजी नुन, २ लिटर तेल, दाल, केराउ, १ केजी चिनी, विस्कुट, १० प्याकेट चाउचाउ, साबुन र स्याबिन वितरण गरेकी छिन्। राहत वितरण गरेसँगै पूजाले यो अवस्थामा मारमा परेका व्यक्तिहरुलाई आफुले सकेको सहयोग गर्न पाउदा सन्तुष्टि मिलेको बताएकी छिन्।&nbsp;<br></p>